logo

हाइड्रोको शेयरमूल्य अंकित मूल्यभन्दा तल झरिरहेको बेला ३५ करोडको अर्को आईपीओ आउँदै

    829   पटक पढिएको

२० कात्तिक / अर्थ र व्यापार 

धितोपत्र बजारमा सूचीकृत करिब तीन दर्जन मध्ये डेढ दर्जन जलविद्युत कम्पनीहरुको शेयरमूल्य अंकित मूल्यभन्दा तल झरिरहेको बेला ग्रीनलाइफ हाइड्रोपावरले ३५ करोड मूल्यको साधारण शेयर बिक्री गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डमा दिएको आवेदनअनुसार ग्रीनलाइफ हाइड्रोपावरले कूल ३४ करोड ९६ लाख ४० हजार मूल्य बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर बिक्रीमा ल्याउने भएको हो ।
आईपीओ निष्काशन गर्न कम्पनीले रेटिङ्ग एजेन्सी केयर नेपालबाट रेटिङ्ग गराएको छ। रेटिङमा सो कम्पनीको शेयरले ‘केयर एनपि आईपीओ ग्रेड ४’ प्राप्त गरेको छ । ग्रेड ४ रेटिङ्ग भनेको कम्पनीको वित्तीय अवस्था औसत अवस्था तल आधार रहेको भन्ने हो ।

नेपाल धितोपत्र बोर्डले सबैभन्दा तल्लो अर्थात कमजोर रेटिङ्ग ग्रेड ५ पाउने कम्पनीलाई साधारण शेयर निष्काशन गर्न नदिने नियम बनाएको छ । कम्पनीले गराएको रेटिङमा साधारण शेयर बिक्री गर्न मिल्ने गरी आफ्नो स्थान सुरक्षित गरेको छ। रेटिङ कम्पनीले गर्ने विश्लेषण अनुसार ग्रेड एक प्राप्त गर्ने संस्था अब्बल मानिन्छ भने ग्रेड पाँच प्राप्त गर्ने संस्था आर्थिक रुपमा कमजोर मानिन्छ ।

अधिकांश जलविद्युत कम्पनीको शेयर ओरालो लागेको बेला ग्रीनलाइफ हाइड्रोपावरले बिक्रीमा ल्याउने साधारण शेयरको बिक्री के होला भन्ने जिज्ञाशा हाल विद्यमान रहेको छ ।

हालै मात्रै साढे ३३ करोडको शेयर बिक्रीमा ल्याउने शिवश्री हाइड्रोको शेयर कूल निष्काशनको ३० प्रतिशत पनि बिक्री नहुनुले पनि पछिल्ला दिनमा हाइड्रोपावर कम्पनीलाई शेयर बिक्रीमा सहज अवस्था नरहेको बुझ्न सकिन्छ । पछिल्ला दिनमा शेयर प्रत्याभूति गर्ने मर्चेन्ट बैंकर समेत हाइड्रोपावरको शेयरको प्रत्याभूति गर्न नचाहशने अवस्था सिर्जना भैसकेको छ ।

यसले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको तीन वर्षमा ३ हजार मेघावाट विद्युत उत्पादन गर्ने र दश वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमाथि नै प्रश्न उब्जिएको छ ।
ग्रीनलाइफ हाइड्रोपारले यसअघि नै आयोजना प्रभावित दोलखा जिल्लावासीलाई साधारण शेयर बिक्री गरिसकेको छ । कम्पनीले आम सर्वसधारणका लागि साधारण शेयर बिक्रीको तयारी गरेको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। कम्पनीले आयोजना प्रभावितलाई बिक्री गर्दा नबिकेको कूल १६ लाख ९६ हजार कित्तासमेत आम सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको हो ।

कम्पनीले २५ मेगावाट क्षमताको खानी खोला एक जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजना नदी प्रवाही हो । आयोजनाको कूल लागत ६ अर्ब ८८ करोड रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।