logo

सेञ्चुरी कमर्सियल बैंकको सिइओ अनिल केशरी शाह नियुक्त,

    1640   पटक पढिएको


२१ कार्तिक / अर्थ र व्यापार - काठमाडौं— सेञ्चुरी कमर्सियल बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा अनिल केशरी शाहलाई नियुक्त गर्ने निर्णय गरेको छ । सञ्चालक समिति  बैठकले शाहलाई १ जनवरी २०१८ देखि चार वर्षका लागि नियुक्त गरेको हो ।
रस्टान्डर्ड चार्टड बैंक नेपालबाट बैंकिङ्ग सेवा प्रारम्भ गरेका शाहसँग सो बैंकमा १३ वर्ष एवं नबिल बैंकमा सिइओको रुपमा ५ वर्ष काम गरेको अनुभव छ । मेगा बैंक नेपालको स्थापना कालदेखि सिइओ रहेका उनी दुई कार्यकाल (८ वर्ष) पूरा गरी सेञ्चुरी बैंक जान लागेका हुन्। राष्ट्र बैंकको नियमअनुसार सिइओले एउटै बैंकमा दुई कार्यकालभन्दा बढी काम गर्न पाउँदैनन् ।

भारतको दिल्ली विश्व विद्यालयबाट एमबिए गरेका शाहले विश्व प्रसिद्ध अमेरिकाको हाभर्ड विश्व विद्यालयबाट ‘२१ औं शताब्दीका लागि नेतृत्व’ विषयको अध्ययन पूरा गरेका छन् । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ५ वटा क्षेत्रीय बैंकहरुलाई एकीकृत तथा हकप्रद शेयर जारी गरी नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिम ८ अर्ब पूँजी र्पुयाउन लागेको अवस्थामा सिइओ शाह सो बैंक जाने तय भएको हो। बैंकले एकसयभन्दा बढी शाखा कार्यलयबाट बैंकिङ्ग सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । यो अवस्थामा शाहको अनुभव तथा नेतृत्वमा सेञ्चुरी बैंकले नेपालको बैंकिङ्ग जगतमा विष्टिकृत पहिचान बनाउदै अघि बढ्ने विश्वास बैंक सञ्चालक समितिले लिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।