२३ भदौ / अर्थ र व्यापार – धितोपत्र बोर्डमा आधा दर्जन कम्पनीको बोनस सेयर दर्ता भएको छ । गत साउनदेखि हालसम्म ७८ करोड ८८ लाख २९ हजार रुपैयाँ बराबरको ७८ लाख ८८ हजार कित्ता दर्ता भएको बोर्डले जनाएको छ ।
साउनयता सांग्रीला विकास बैंकको ४५ करोड ७३ लाख ९४ हजार, भागर्व विकास बैंको २ करोड ४० लाख, सेती फाइनान्स लिमिटेडको ५७ लाख १० हजार, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको ४० लाख रुपैयाँ दर्ता भएको छ ।
यस्तै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको ३ करोड २५ लाख र लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको २६ करोड ५२ लाख २४ हजार रुपैयाँको बोनस सेयर दर्ता भएको बोर्डले जनाएको छ ।
तपाईको प्रतिक्रिया