logo

धितोपत्र बोर्डमा ६ कम्पनीको ७८ करोड ८८ लाख रुपैयाँको बोनस सेयर सुचिकृत

    1823   पटक पढिएको

२६ भदौ / अर्थ र व्यापार – चालु आर्थिक वर्षको सुरुवात भएको झण्डै दुई महिना (साउन १ देखि भदौ २२ सम्म ) को अवधिमा ६ कम्पनीले ७८ करोड ८८ लाख २९ हजार २७५ रुपैयाँको बोनस सेयर धितोपत्र बोर्डमा रजिष्ट्रशन गरेका छन् ।

जसमध्ये साग्रीला डेभलपमेन्ट बैंकले सबैभन्दा बढी ४५ करोड ७३ लाख ९४ हजार एक सय रुपैयाँको ४५ लाख ७३ हजार ९४१ कित्ता बोनस रजिष्ट्रशन गरेको छ । बैंकले चालु आर्थिक बर्षको सुरुमै साउन १ गते १६.०७ प्रतिशत बोनस रजिष्ट्रेशन गराएको हो ।

सबैभन्दा कम जनउत्थान सामुदायिक लघुवित्तको चार लाख रुपैयाँको चालिस हजार कित्ता रजिष्ट्रेशन छ । कम्पनीले साउन ९ गते चुक्ता पूँजीको २० प्रतिशत बोनस रजिष्ट्रेशन गराएको छ ।

त्यस्तै भार्गव विकास बैंकको २० प्रतिशत बराबरको २ लाख ४० हजार कित्ता,सेती फाइनान्सको नौं प्रतिशत बराबरको ५७ हजार १०८ कित्ता,कालिका माइक्रोक्रेडिट लघुवित्तको तीन लाख २५ हजार  कित्ता बोनस सेयर रजिष्ट्रेशन भएको छ । 

लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपालले चुक्ता पूँजीको २४.८० प्रतिशतले हुन आउने २६ करोड ५२ लाख २४ हजार ३७५ रुपैयाँको २६ लाख ५२ हजार २४३ कित्ता बोनस सेयर रजिष्ट्रेशन गराएको हो ।

कम्पनीहरुले अहिले गरेका बोनस सेयर रजिष्ट्रेशन अघिल्लो आर्थिक वर्षको हुन् । गत आर्थिक बर्षको साधारणसभा भर्खर मात्र सुरु भएकाले आगामी दिनमा धितोपत्र बोर्डमा कम्पनीहरुले साधारणसभाबाट पारित गरेका बोनस सेयर रजिष्ट्रशन गर्ने क्रम अझै तिब्र बन्दै जानेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।