३१ साउन / अर्थ र व्यापार – सिद्धार्थ बैंकको हकप्रदमा अवितरित २ लाख ५३ हजार ९२१ कित्ता सेयर भदौ ६ गतेदेखि बोलकबोलमार्फत बिक्री गर्ने भएको छ । बैंकले साधारण समूहतर्फको २ लाख ४० हजार ३७१ कित्ता तथा संस्थापक समूहतर्फको १३ हजार ५५० कित्तासेयर बिक्रीको लागि राखेको हो ।
सिद्धार्थ बैंकले यसअघि गत जेठ २५ गतेदेखि असार २८ गतेसम्म प्रतिशत हकप्रद बिक्री खुला गरेकोमा अवितरित सेयर हाल बिक्री गर्न लागेको हो । इच्छुकले विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, नारायणचौरमा भदौ ६ गतेदेखि १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
बोलपत्र पेश गर्दा न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तथा १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले अधिकतम कित्ताका लागि कुनै हद नतोकिएकाले बिक्रीमा राखिएको सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्नेछन् । शिलबन्दी बोलपत्र भदौ १५ गते खुला हुने छ । बैंकको सेयर अन्तिम पटक नेप्सेमा आईतबार प्रतिकित्ता ४४८ रुपैयाँमा कारोबार भएको छ ।
तपाईको प्रतिक्रिया