२६ भदौ / अर्थ र व्यापार – सिद्धार्थ र सनराईज बैंकको हकप्रद सेयर सोमबार सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्चमा दुबै बैंकले यसअघि जारी गरेका हकप्रद सेयर सूचीकरण गराएका हुन् । सिद्धार्थ बैंकले एक करोड ५७ लाख ५२ हजार ५७८ दशमलव १३ कित्ता हकप्रद सेयर सूचीकृत गराएको हो ।
त्यस्तै सनराइज बैंकको एक करोड ५६ लाख ४८ हजार ९२७ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । सोमबार मात्र कुल तीन करोड १४ लाख एक हजार ५०५ कित्ता हकप्रद सूचीकरण भएको हो । यसले सेयर बजारमा सेयरको आपुर्ति अरु बढ्न पुगेको छ ।
सूचीकृत भएका हकप्रद सेयर सेयरधनीले डिम्याट खातामा प्राप्त गरेपछि कारोबार गर्न सक्नेछन् । सिद्धार्थले जेठ २५ देखि असार २८ गतेसम्म र सनराइज बैंकले जेठ १६ गतेदेखि असार १९ गतेसम्म चुक्त्ता पूँजीको ३० प्रतिशत हकप्रद जारी गरेका थिए ।
तपाईको प्रतिक्रिया