२९ भदौ / अर्थ र व्यापार – हाम्रो विकास बैंक र स्वरोजगार लघुवित्त र मिर्मिरे माइक्रोफाइनान्स गरि तीन कम्पनीको गरि आठ लाख ७० हजार ३४४ कित्ता सेयर बिहीबार नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत भएको छ । हाम्रो विकास बैंकले यसअघि जारी गरेको चुक्ता पूँजीको २०० प्रतिशत बराबरको तीन लाख ७० हजार ३५१ कित्ता हकप्रद सेयर सूचीकरण गराएको हो ।
त्यस्तै स्वरोजगार लघुवित्तले चुक्ता पूँजीको ५० प्रतिशत बराबरको तीन लाख ४९ हजार ९९३ दशमलव ६० कित्ता हकप्रद सेयर तथा मिर्मिरे माइक्रोफाइनान्स कम्पनीले चुक्ता पूँजीका ५० प्रतिशत बराबरले हुन आउने एक लाख ५० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकरण गराएको हो ।
तपाईको प्रतिक्रिया