logo

लाफिङ बुद्ध पावरको २९ करोडको सेयर आउँदै

    2120   पटक पढिएको

२ असार / अर्थ र व्यापार - लाफिङ बुद्ध पावर नेपाल लिमिटेडले २९ करोड रुपैयाँ (२९ लाख कित्ता) सेयर जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि ९ करोड ७८ लाख रुपैयाँ (९ लाख ७८ हजार कित्ता) सेयर जारी गर्ने गरि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले बोर्डका जेठ ३१ गते आवेदन दिएको हो । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

कम्पनीको तीन वटा आयोजना सञ्चालनमा रहेको र विद्युत् उत्पादन भइरहेको छ । कम्पनीको ३ मेगावाटको चाकु खोला आयोजना, १.८ मेगावाटको लोवर चाकु खोला आयोजना र १.७६ मेगावाटको मिडल चाकु खोला आयोजना सञ्चलनमा रहेको छ । सेयर जारी गरेपछि उठ्ने रकम केही ऋण भुक्तानीको लागि प्रयोग हुनेछ भने नयाँ आयोजना सञ्चालनको लागि पनि केही रकम प्रयोग हुनेछ,।

यसअघि ३ मेगावाट क्षमताको चाकु खोला आयोजना अलाइन्स पावर प्रालीको स्वामित्वमा रहेको भएपनि कम्पनी मर्जरपछि हाल लाफिङ बुद्धको मातहत यो आयोजना पनि आएको हो । लाफिङ बुद्ध कम्पनीको हाल जारी पुँजी ९७ करोड ८० लाख रुपैयाँ रहेको छ भने चुक्ता पुँजी ६८ करोड ४६ लाख रहेको छ । सेयर जारी पछि चुक्ता पुँजी ९७ करोड ४६ लाख बराबर पुग्नेछ । 

सेयर स्वामित्व संरचना भने संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत हुनेछ । कम्पनीका ठुला सेयर लगानीकर्तामा चार्टर्ड एकाउन्टेन्ट खुमा प्रसाद अर्याल, शर्मा एण्ड कम्पनी प्राली, बैदेशीक लगानीको कम्पनी शक्ति इन्भेष्टमेन्ट कम्पनीको सेयर स्वामित्व रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।