११ असार / अर्थ र व्यापार - नेप्सेमा एकैदिन दुई कम्पनीको ६४ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । आइतबार मात्रै एक्सेल डेभलपमेन्ट बैंक र देवः विकास बैंकको बोनस र हकप्रद सेयर गरी सो मात्राको हकप्रद सेयर सूचिकृत भएको हो ।
बजारमा जम्मा २० लाख २ हजार कित्ता बोनस र ४४ लाख ५ हजार कित्ता हकप्रद सेयर थपिएको छ । एक्सेलको ७ लाख ६९ हजार १२५ कित्ता बोनस थपिएको छ ।
त्यस्तै, देवः विकास बैंकको १२ लाख ३३ हजार ५२३ कित्ता बोनस र ४४ लाख ५ हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।
तपाईको प्रतिक्रिया