१ साउन / अर्थ र व्यापार – आर्थिक बर्षको पहिलो दिन आईतबार सेयर बजारमा एक करोड ४१ लाख कित्ता थपिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन्स बैंक र गरिमा विकास बैंकले कुल एक करोड ४१ लाख ८९ हजार २९७ दशमलव ६६ कित्ता हकप्रद सेयर सुचिकृत गराएका हुन् ।
सिटिजन्स् बैंक इन्टरनेशनले एक करोड ३८ लाख ४३ हजार ३७९ कित्ता हकप्रद सेयर सूचिकृत गरेको छ । त्यस्तै गरिमा विकास बैंकल तीन लाख ४५ हजार ९१८ दशमलब ६६ कित्ता हकप्रद सुचिकृत भएको हो । आईतबार सुचिकृत सेयरहरु एक सातापछि सेयरधनीले कारोबार गर्न सक्नेछन् ।
तपाईको प्रतिक्रिया