logo

बुधबार सेयर बजारमा एक अर्बको सेयर कारोबार

    1597   पटक पढिएको

 

१४  मंसिर / अर्थ र व्यापार - २०७४ बुधबार सेयर बजारमा १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो करिब ४ महिनायताकै उच्च वृद्धि हो । अघिल्लो दिन १० अंकले बढेको नेप्सेमा बुधबार १२.२६ अंकले उकालो लागेको छ । योसँगै नेप्से परिसूचक १ हजार ५ सय ३६.१२ अंकमा पुगेको छ । कारोबारमा आएकामध्ये उत्पादन तथा प्रशोधनबाहेक सबै समूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो । 
करिब ८ हजार १ सय ६९ कारोबारबाट १ सय ६३ कम्पनीका २० लाख ५७ हजार १ सय ६५ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा यो करिब ८३ प्रतिशतले बढी हो । परिसूचकको वृद्धिसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि बढेर १७ खर्ब ८४ अर्ब रुपैयाँ कायम भएको छ । 

दिनभरको कारोबार उतारचढावपूर्ण नै रहयो । यद्यपि बिक्री चापको तुलनामा खरिद चाप धेरै भएकाले कारोबार रकम उल्लेख्य रूपमा बढेको विज्ञहरू बताउँछन् । ‘पछिल्ला एकरदुई दिनयता बजारमा खरिद चाप बढ्न थालेको छ,’ एक धितोपत्र ब्रोकरले भने, ‘यही क्रम जारी रहे अझै केही दिन सेयर बजार सुधारको बाटोमा रहने सम्भावना छ ।’ उक्त दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ०.८ प्रतिशत र कारोबारमा रहेका कम्पनीहरूको सेयर कारोबार मापक फ्लोट परिसूचक ०.८६ प्रतिशतले बढयो । कारोबरमा आएकामध्ये १ सय २२ कम्पनीको सेयर मूल्य बढयो, २७ कम्पनीको घटयो र बाँकी १४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बुधबार उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.३ प्रतिशतले ऋणात्मक रहयो । बाँकी सबै समूहका परिसूचक बढे । जसमध्ये होटल र माइक्रोफाइनान्स समूहका परिसूचक क्रमशस् २.४५ र २.२९ प्रतिशतले बढे । यसैगरी बैंकिङ समूहको परिसूचक ०.६६, व्यापारको १.४, विकास बैंकको ०.७५, जलविद्युत्को ०.४७, वित्त कम्पनीको ०.७४, बिमाको १.२५ र ‘अन्य’ का ०.३६ प्रतिशतले उकालो लागे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।