logo

नेप्से सामान्य अंकले बढ्यो, १३ अर्ब १८ करोडको कारोबार

    456   पटक पढिएको


२ असार/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । यसदिन सेयर बजार परिसूचक नेप्से जम्मा २ दशमलब ८० अंकले बढेर २६ सय ५८ दशमलब ६६ विन्दुमा कायम भएको छ ।
१ सय २४ वट कम्पनीको सेयर मूल्य बढेको छ । १ सय २४ वटा कम्पनीको सेयरमूल्य घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको सेयरमूल्य सबैभन्दा धेरै ४ दशमलब ६९ प्रतिशतले बढेको छ ।
त्यस्तै, बैंकिङ उपसमूहको सेयरमूल्य ०.४८ प्रतिशत, विकास बैंक उपसमूहको ०.२९ प्रतिशत, जीवन बीमा उपसमूहको ०.१२ प्रतिशत , माइक्रोफाइनान्स उपसमूहको ०.५९ प्रतिशत , निर्जीवन बीमा उपसमूहको ०.२५ प्रतिशत र व्यापार उपसमूहको सेयर मूल्य ०.०९ प्रतिशतले बढेको छ ।
यसदिनको सेयर कारोबार करिब साढे ३ महिनायताकै उच्च कारोबार हो । यसदिन १३ अर्ब १८ करोड ६९ लाख ७ सय ४२ रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम १९ फागुन यताकै उच्च हो । अघिल्लो दिन ११ अर्ब ४४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
अघिल्लो दिनसम्म उच्च दरले बढेको हाइड्रोपावर उपसमूहको १ प्रतिशतले घटेको छ । फाइनान्स उपसमूहको सबैभन्दा धेरै १ दशमलब २२ प्रतिशतले घटेको छ । अन्य उपसमूहको शून्य दशमलब ३३ र लगानी उपसमूहको शेयरमूल्य शून्य दशमलब १३ प्रतिशतले घटेको छ ।
पियोर इनर्जी र पिपुल्स पावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ८.३७, सोल्टी होटलको ६.३०, ओरियन्टल होटलको ५.१३, बोटलर्स नेपाल बालाजुको ५.०९ प्रतिशत मूल्य बढ्यो ।
अपरहेवाखोला हाइड्रोपावरको सेयरमूल्य ७ दशमलब ५८ प्रतिशत , श्री इन्भेस्टमेन्ट फाइनान्सको ६ दशमलब ३३ प्रतिशत, सिनर्जी पावरको ४ दशमलब ८४ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य ४ दशमलब ३५ प्रतिशतले घटेको छ । धेरै कारोबार भएका कम्पनीमा सानिमा माइ हाइड्रोपावर, ङयादी ग्रुप, बुटवल पावर, सिंगटी हाइड्रो इनर्जी र राधि विद्युत् छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।