२७ जेठ/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारका सबै सूचक हरियाली भएर बढेका छन् । सेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २५.०७ अंकले बढेको छ ।
सो वृद्धिपछि नेप्से २६ सय ७८ दशमलब १७ विन्दुमा कायम भएको छ । यसदिन बजारसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ६८ करोडको कारोबार भएकोमा यसदिन १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
१ सय ९६ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ५२ वटाको घटेको छ ।
मंगलबार सबै उपसमूहको सेयरमूल्य सूचक बढेको छ । फाइनान्स सबैभन्दा धेरै ५ दशमलब १२ प्रतिशत बढेको छ । बैंकिङ उपसमूहको ०.९३ प्रतिशत , विकास बैंक उपसमूहको ०.७१ प्रतिशत , होटल तथा पर्यटन उपसमूहको १.२८ प्रतिशत , हाइड्रोपावर उपसमूहको ०.४६ प्रतिशत , लगानी उपसमूहको ०.६८ प्रतिशत, जीवन बीमा उपसमूहको १.०८ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको ०.२५ प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको ०.६१ प्रतिशत, निर्जीवन बीमा उपसमूहको १.२६ प्रतिशत, अन्य उपसमूहको १.५१ प्रतिशत र व्यापार उपसमूहको सेयरमूल्य १.०७ प्रतिशतले बढेको छ ।
यसदिन दुई वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा पियोर इनर्जी र श्री इन्भेस्टमेन्ट फाइनान्स छन् । त्यस्तै समृद्धि फाइनान्सको ८.३८, जानाकी फाइनान्सको ६.९१, रिलायन्स फाइनान्सको ६.६७ प्रतिशतले बढेको छ ।
यसदिन रावा इनर्जीको ६.१४ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको ४.१० प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ३.६३ प्रतिशत र उपकार लघुवित्तको २.६४ प्रतिशतले सेयरमूल्य घटेको छ ।
यसैगरी, धेरै कारोबार भएका कम्पनीमा एचआईडीसीएल प्रमोटर, अरुण काबेली पावर, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर र ङयाादी ग्रुप क्रमशः अगाडि रहेको छ ।
तपाईको प्रतिक्रिया