logo

सेयर बजार दोहोरो अंकले बढ्यो

    350   पटक पढिएको


२६ जेठ/अर्थ र व्यापार – यसअघिका लगातार चारदिनको गिरावट पछि सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । यसदिन अघिल्लो दिनको तुलनामा सेयरबजार परिसूचक नेप्से २३ दशमलब १९ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से २६ सय ५३ विन्दुमा कायम भएको छ । सोबार बजार खुलेपछि दिनभर सबै सूचक हरियो नै रहेको थियो ।
यसदिन बजार बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो दिन ९ अर्ब १३ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३ सय १९ रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन १ सय ९१ वटा कम्पनीको मूल्य बढ्दा ५६ वटा कम्पनीको घटेको छ । एउटाको स्थिर रहेको छ । हाइड्रोपावर उपसमूहको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । अघिल्लो दिन सबैभन्दा धेरै १ दशमलब २२ प्रतिशतले बढेको यो सो उपसमूहको सेयरमूल्य २ दशमलब ३५ प्रतिशतले बढेको छ ।
अन्य उपसमूहको सबैभन्दा धेरै २ दशमलब ६३ प्रतिशतले बढेको छ । बैंकिङ उपसमूहको ०.४३ प्रतिशत , विकास बैंक उपसमूहको ०.१७ प्रतिशत , फाइनान्स उपसमूहको ०.५९ प्रतिशत , लगानी उपसमूहको १.१४ प्रतिशत , उत्पादन तथा प्रशोधन उपसमूहको ०.२० प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको ०.४८ प्रतिशत, निर्जीवन बीमा उपसमूहको ०.४४ प्रतिशतले बढेको छ ।
व्यापार उपसमूहको ०.४४ प्रतिशत, जीवन बीमा उपसमूहको ०.०९ प्रतिशत र होटल तथा पर्यटन उपसमूहको ०.२५ प्रतिशतले घटेको छ ।
यसदिन विभिन्न चारवटा जलविद्युत् कम्पनीको सेयर मूल्य सर्किट लेबलमा बढेको छ । १० प्रतिशतको सर्किट लेबलमा सेयरमूल्य बढेका कम्पनीहरुमा मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर र विन्ध्यबासिनी हाइड्रोपावर रहेका छन् ।
भूगोल इनर्जीको ७ दशमलब ४७ प्रतिशत, मिथिला लघुवित्तको ५ दशमलब २३ प्रतिशत, सप्तकोशी विकास बैंकको ५ दशमलब ११ प्रतिशतले घटेको छ । यसदिन धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, युनिभर्सल पावर, बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।