१२ जेठ/अर्थ र व्यापार – सोमबार सेयर बजारको परिसूचक नेप्से ५ दशमलब २१ अंकले घटेर २६ सय ७४ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन मात्र नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले सबै किसिमका सेयर कर्जाको जोखिमभार १ सय २५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको छ ।
यो नीति बजार अनुकूल रहे पनि लगानीकर्ताको मनोबल भने बढ्न सकेन । विशेषगरी, आगामी आर्थिक वर्षको बजेट घोषणा हुने दिन १५ जेठ नजिकिँदै गर्दा लगानीकर्ता पूँजीगत लाभकरप्रति सशंकित भएका छन् ।
बजेटमार्फत पूँजीगत लाभकर बढ्न सक्ने अनुमान छ । यसले गर्दा बजारले गति लिन सकिरहेको छैन । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । यसदिन ७ अर्ब ५८ करोड ५० लाख २२ हजार रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ७ अर्ब ६० करोडको कारोबार भएकोमा थियो । ९२ कम्पनीको मूल्य बढ्दा १ सय ५५ वटा कम्पनीको सेयर मुल्य घटेको छ ।
बैंकिङ उपसमुहको सेयर मुल्य ०.१७ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसमुहको सेयर मूल्य ०.७९ प्रतिशतले बढेको छ । यी दुईवटा बाहेक अरु सबै उपसमुहको सेयरमूल्य घटेको छ । विकास बैंक उपसमुहको ०.२७ प्रतिशत , फाइनान्स उपसमुहको ०.१२ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको ०.९१ प्रतिशत, हाइड्रोपावर उपसमुहको ०.०६ प्रतिशतले सेयर मूल्य घटेको छ ।
लगानी उपसमुहको शून्य दशमलब १५ प्रतिशत, जीवन बीमा उपसमुहको शून्य दशमलब २० प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको १ दशमलब ५० प्रतिशत, अन्य उपसमुहको शून्य दशमलब ४८ प्रतिशत र निर्जीवन बीमा उपसमुहको शून्य दशमलब ३२ प्रतिशतले घटेको छ । गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । बाराही हाइड्रोपावरको ९.८५ तथा अभियान लघुवित्तको मूल्य ३ दशमलब ९२ प्रतिशतले घट्यो ।
यसदिन ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । उपकार लघुवित्तको ६ दशमलब १९प्रतिशत, उन्नति सहकार्य लघुवित्तको ४ दमलब ३१ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर, कुमारी बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहेको छ ।
तपाईको प्रतिक्रिया