logo

सामान्य अंकले घट्यो सेयर बजार ,सेयर कर्जाको जोखिम भार घटेपनि अझै किन डराए लगानीकर्ता ?

    447   पटक पढिएको


१२ जेठ/अर्थ र व्यापार – सोमबार सेयर बजारको परिसूचक नेप्से ५ दशमलब २१ अंकले घटेर २६ सय ७४ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन मात्र नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले सबै किसिमका सेयर कर्जाको जोखिमभार १ सय २५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको छ ।
यो नीति बजार अनुकूल रहे पनि लगानीकर्ताको मनोबल भने बढ्न सकेन । विशेषगरी, आगामी आर्थिक वर्षको बजेट घोषणा हुने दिन १५ जेठ नजिकिँदै गर्दा लगानीकर्ता पूँजीगत लाभकरप्रति सशंकित भएका छन् ।
बजेटमार्फत पूँजीगत लाभकर बढ्न सक्ने अनुमान छ । यसले गर्दा बजारले गति लिन सकिरहेको छैन । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । यसदिन ७ अर्ब ५८ करोड ५० लाख २२ हजार रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ७ अर्ब ६० करोडको कारोबार भएकोमा थियो । ९२ कम्पनीको मूल्य बढ्दा १ सय ५५ वटा कम्पनीको सेयर मुल्य घटेको छ ।
बैंकिङ उपसमुहको सेयर मुल्य ०.१७ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसमुहको सेयर मूल्य ०.७९ प्रतिशतले बढेको छ । यी दुईवटा बाहेक अरु सबै उपसमुहको सेयरमूल्य घटेको छ । विकास बैंक उपसमुहको ०.२७ प्रतिशत , फाइनान्स उपसमुहको ०.१२ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको ०.९१ प्रतिशत, हाइड्रोपावर उपसमुहको ०.०६ प्रतिशतले सेयर मूल्य घटेको छ ।
लगानी उपसमुहको शून्य दशमलब १५ प्रतिशत, जीवन बीमा उपसमुहको शून्य दशमलब २० प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको १ दशमलब ५० प्रतिशत, अन्य उपसमुहको शून्य दशमलब ४८ प्रतिशत र निर्जीवन बीमा उपसमुहको शून्य दशमलब ३२ प्रतिशतले घटेको छ । गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । बाराही हाइड्रोपावरको ९.८५ तथा अभियान लघुवित्तको मूल्य ३ दशमलब ९२ प्रतिशतले घट्यो ।
यसदिन ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । उपकार लघुवित्तको ६ दशमलब १९प्रतिशत, उन्नति सहकार्य लघुवित्तको ४ दमलब ३१ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर, कुमारी बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।