logo

डाइनामिक ब्रोकर डीजीहबको अत्याधुनिक एयर ट्रेडमा

आईतबारदेखि लगानीकर्तालाई नयाँ टीएमएस प्रणाली

    476   पटक पढिएको



९ जेठ/अर्थ र व्यापार – डाइनामिक ब्रोकर (ब्रोकर नं ४४) एयर ट्रेडमा जोडिएको छ । अत्याधुनिक नयाँ टीएमएस सञ्चालक कम्पनी डीजीहबले ल्याएको एयर ट्रेडमा डाइनामिक ब्रोकरले आफ्नो टीएमएसलाई जोडेको सो कम्पनीले जनाएको छ ।
यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तरगतको वाईकोले सञ्चालन गर्दै आएको टीएमएसमा रहेको डाइनामिकले आईतबारदेखि डीजीहबको एयर ट्रेड अन्तरगत आफ्नो कारोबार गर्नेछ ।
डाइनामिकले नेप्से अन्तरगत वाईकोको टीएमएससँग आफ्नो सम्झौता रद्दगरी आईबारदेखि आफ्ना ग्राहकलाई डीजीहबको टीएमएस अन्तरगत कारोबार गराउन लागेको जानकारी दिएको छ । हाल डाइनामिक ब्रोकरमा करिब ४ लाख लगानीकर्ताले टीएमएस खोली सेयर कारोबार गर्दै आएका छन् ।
आईबारदेखि सबै लगानीकर्ताले नेप्सेको टीएमएसबाट हटेर डीजीहबको अत्याधुनिक टीएमएसबाट नयाँ सुविधा सहित सेयर खरिदबिक्री गर्न पाउनेछन् । जसमा लगानीकर्ताले वेव, डेक्सटप, मोबाइल एप लगायत भर्सनबाट सेयर कारोबार गर्न सक्नेछन् ।
सो टीएमएस मार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो, लाईभ डाटा लगायतका आधा दर्जनभन्दा बढी फिचरहरु प्रयोग गर्न सक्ने सो ब्रोकर कम्पनीले जनाएको छ । सो टीएमएसमा पारदर्शिता, सिस्टमको सुरक्षा, डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतालाई समेत विशेष प्राथमिकता दिइएको छ ।
सो कम्पनीका अनुसार नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमका बिशेषतहरुमा मोबाईल भर्सन (एनरोयर्ड एन्ड आइओएस ),वेब भर्सन,डेस्कटप भर्सन रहेको छ ।
अन्य अपरेसनल बिशेषतहरुमा सेयर बिक्री गर्ने बित्तिकै सोही बराबरको रकमले सेयर खरिद गर्न सकिने र जस्कालागि ब्रोकरलाई भनी राख्नु नपर्ने, आफ्नो लेजर ब्यालेन्स अनुसार कोल्याटर रियल टाईममा पाइने , एउटै लगिनबाट धेरै युजरको ट्रेड गर्न सकिने, अर्डर बास्केट,आफुले चाहेको सेयरमा अलेर्ट राख्न सकिने , रियल टाईममा खरिद बिक्रीको अलेर्ट प्राप्त गर्न सकिने रहेका छन् ।
यसैगरी, सजिलो र छिटो अर्डर राख्न सकिने, आफ्नो चहे अनुसार जती पनि सेयरको मर्केट डेप्थ हेर्न पाइने , लिन्क एन्ड डक फिचर्स भएको ,मल्टी विन्डो फिचर्स भएको ,मल्टी एक्सचेन्ज फिचर्स भएको , सेयर खरिद बिक्री पछीको हिसाबकिताब र अरु रिपोर्ट हेर्नको लागि क्लाइन्ट लगिनको ब्यबस्था भएको अपरेशन विशेषताहरु रहेको सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।