९ जेठ/अर्थ र व्यापार – डाइनामिक ब्रोकर (ब्रोकर नं ४४) एयर ट्रेडमा जोडिएको छ । अत्याधुनिक नयाँ टीएमएस सञ्चालक कम्पनी डीजीहबले ल्याएको एयर ट्रेडमा डाइनामिक ब्रोकरले आफ्नो टीएमएसलाई जोडेको सो कम्पनीले जनाएको छ ।
यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तरगतको वाईकोले सञ्चालन गर्दै आएको टीएमएसमा रहेको डाइनामिकले आईतबारदेखि डीजीहबको एयर ट्रेड अन्तरगत आफ्नो कारोबार गर्नेछ ।
डाइनामिकले नेप्से अन्तरगत वाईकोको टीएमएससँग आफ्नो सम्झौता रद्दगरी आईबारदेखि आफ्ना ग्राहकलाई डीजीहबको टीएमएस अन्तरगत कारोबार गराउन लागेको जानकारी दिएको छ । हाल डाइनामिक ब्रोकरमा करिब ४ लाख लगानीकर्ताले टीएमएस खोली सेयर कारोबार गर्दै आएका छन् ।
आईबारदेखि सबै लगानीकर्ताले नेप्सेको टीएमएसबाट हटेर डीजीहबको अत्याधुनिक टीएमएसबाट नयाँ सुविधा सहित सेयर खरिदबिक्री गर्न पाउनेछन् । जसमा लगानीकर्ताले वेव, डेक्सटप, मोबाइल एप लगायत भर्सनबाट सेयर कारोबार गर्न सक्नेछन् ।
सो टीएमएस मार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो, लाईभ डाटा लगायतका आधा दर्जनभन्दा बढी फिचरहरु प्रयोग गर्न सक्ने सो ब्रोकर कम्पनीले जनाएको छ । सो टीएमएसमा पारदर्शिता, सिस्टमको सुरक्षा, डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतालाई समेत विशेष प्राथमिकता दिइएको छ ।
सो कम्पनीका अनुसार नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमका बिशेषतहरुमा मोबाईल भर्सन (एनरोयर्ड एन्ड आइओएस ),वेब भर्सन,डेस्कटप भर्सन रहेको छ ।
अन्य अपरेसनल बिशेषतहरुमा सेयर बिक्री गर्ने बित्तिकै सोही बराबरको रकमले सेयर खरिद गर्न सकिने र जस्कालागि ब्रोकरलाई भनी राख्नु नपर्ने, आफ्नो लेजर ब्यालेन्स अनुसार कोल्याटर रियल टाईममा पाइने , एउटै लगिनबाट धेरै युजरको ट्रेड गर्न सकिने, अर्डर बास्केट,आफुले चाहेको सेयरमा अलेर्ट राख्न सकिने , रियल टाईममा खरिद बिक्रीको अलेर्ट प्राप्त गर्न सकिने रहेका छन् ।
यसैगरी, सजिलो र छिटो अर्डर राख्न सकिने, आफ्नो चहे अनुसार जती पनि सेयरको मर्केट डेप्थ हेर्न पाइने , लिन्क एन्ड डक फिचर्स भएको ,मल्टी विन्डो फिचर्स भएको ,मल्टी एक्सचेन्ज फिचर्स भएको , सेयर खरिद बिक्री पछीको हिसाबकिताब र अरु रिपोर्ट हेर्नको लागि क्लाइन्ट लगिनको ब्यबस्था भएको अपरेशन विशेषताहरु रहेको सो कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया