logo

नेप्से दोहोरो अंकले बढ्यो, बैंकिङ उपसमूहले उचाल्यो सेयर बजार

    471   पटक पढिएको


८ जेठ/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भएको नेप्से अन्तिम समयमा १९ दशमलब ०४ अंकले बढेर २६ सय ८८ दशमलब ५५ विन्दुमा पुगेको छ ।
यसदिन बैंकिङ उपसमूहले सेयर बजारलाई उचालेको हो । अरु उपसमुहको सेयरमूल्य घटे पनि बैंकिङ उपसमूह सबैभन्दा धेरै ३ दशमलब ८२ प्रतिशतले बढेर समग्रमा नेप्से बढेको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ६९ करोडको कारोबार भएकोमा यसदिन ९ अर्ब ८२ करोड २० लाख ७० हजार ६ सय ८२ रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार १ सय ४ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १ सय ४२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने एउटाको स्थिर रहेको छ । बैंकिङ उपसमुहको र माइक्रोफाइनान्स उपसमुहको सेयर मूल्य २ दशमलब ५८ प्रतिशतले बढेको छ ।
यसदिन सबैभन्दा धेरै ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । एनआईसी एसिया बैंकको ७ दशमलब ८ प्रतिशत, फरवार्ड माइक्रोफाइनान्सको ७ दशमलब १५ प्रतिशत, ग्लोबल आईएमई बैंकको ६ दशमलब १२ प्रतिशत र कुमारी बैंकको ६ दशमलब ०६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
बिहीबार बाराही हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । धेरै कारोबार भएका पाँच कम्पनीमा ङयादी ग्रुप, राधि विद्युत्, कुमारी बैंक, युनिभर्सल पावर र माउन्टेन इनर्जी रहेका छन् । होटल तथा पर्यटन उपसमूहको सेयर मूल्य सबैभन्दा धेरै २ दशमलब ६० प्रतिशतले घटेको छ ।
त्यस्तै, विकास बैंक उपसमूहको शून्य दशमलब २३ प्रतिशत, फाइनान्स उपसमूहको शून्य दशमलब४६ प्रतिशत , हाइड्रोपावर उपसमूहको १ दशमलब १० प्रतिशत, लगानी उपसमूहको शून्य दशमलब ३९ प्रतिशत, जीवन बीमा उपसमूहको शून्य दशमलब १५ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको शून्य दशमलब ३८ प्रतिशत, अन्य उपसमूहको शून्य दशमलब १३ प्रतिशत र व्यापार उपसमूहको शून्य दशमलब ८१ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।