logo

नेप्से ९.९६ अंकले घटेर २६८८.३२ विन्दुमा

    734   पटक पढिएको


९ वैशाख/अर्थ र व्यापार– यस साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । मंगलबार सयेर बजार परिसूचक नेप्से ९ दशमलब ९६ अंकले घटेर २६८८ दशमलब ३२ विन्दुमा झरेको छ । नेप्से घटेसँगै यसदिन अघिल्लो दिनको भन्दा कारोबार रकम पनि घटेको छ ।
होटल तथा पर्यटन, उत्पादन एवं प्रशोधन र अन्य उपसमुहको बाहेकका सूचक ओरालो लागेका कारण सेयर बजारमा समग्र गिरावट आएको हो । यसदिन लगानी उपसमुहको सेयर मुल्य १ दशमलब ८७ प्रतिशत, व्यापार उपसमुहको १ दशमलब ६५ प्रतिशत र विकास बैंक उपसमुहको १ दशमलब ६१ प्रतिशतले घटेको छ ।
यसदिन १ सय ६० वटा कम्पनीको सेयरमूल्य घटेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक घटेर नेगेटिभ सर्किट लागेको छ । ८६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । दोस्रो बजार कारोबारमा आएको दिनदेखि नै लगातार सेयरमूल्य बढेको नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर कारोबार यसदिन पनि अग्र स्थानमै रहेको छ । यि दुवै कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
मंगलबार ८ अर्ब ३२ करोड १२ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक ङादी ग्रुप पावरको ४४ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि हिमालयन पावर पार्टनरको ४० करोड ९४ लाख रुपैयाँको र हिमालयन रि–इन्स्योरेन्सको ३६ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन पनि नेप्से ७.७५ अंकले घटेर २६ सय ९८ दशमलब २८ विन्दुमा थियो । अघिल्लो कारोबार दिन ८ अर्ब ७७ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो। यसदिन कारोबार रकम पनि अघिल्लो दिनको भन्दा पनि थप कम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।