२१ फागुन/अर्थ र व्यापार – स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओमा ९६ गुणा बढी आवेदन परेको छ । सो संस्थाको एफपीओ आवेदन दिने आज अन्तिम दिन बाँकी रहँदा १ करोड ८९ लाख ३७ हजार १६० कित्ताको आवेदन परेको छ । अंकित मूल्य १ सयका दरले जम्मा १ लाख ९५ हजार ७ सय ७३ कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो । न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
इक्रा नेपालबाट सो कम्पनीले बीबी माइनस रेटिङ पाएको छ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ । हाल यस कम्पनीको चुक्ता पूँजी ६७ करोड ११ लाख रुपैयाँ छ । २१ गतेसम्म कम्पनीको एफपीओमा आवेदन दिन सकिनेछ ।
पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ छ भने वार्षिक प्रतिसेयर आम्दानी २६ रुपैयाँ २३ पैसा रहेको छ । दोस्रो बजारमा बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९९२ रुपैयाँ ५० पैसा रहेको छ ।
तपाईको प्रतिक्रिया