logo

नेप्से २९.८७ अंकले बढेर २७२७ विन्दुमाथी, १० अर्ब बढीको कारोबार

बैंकिङ सेक्टर बढेसँगै छायो लगानीकर्ताबीच उत्साह

    504   पटक पढिएको



५ माघ/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारको परिसूचक नेप्से २९ दशमलब ८७ अंकले बढेको छ । दोहोरो अंकको वृद्धिपछि नेप्से २७ सय २७ दशमलब ९१ विन्दुमा कायम भएको छ । नेप्से परिसूचकसँगै यसदिन कारोबार रकम पनि ह्वात्तै बढेको छ ।
सोमबार १० अर्ब ४ करोड ९६ लाख ५४ हजार ८ सय ३२ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो कारोबारदिन ९ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
कारोबारमा आएका विभिन्न कम्पनीहरु मध्ये १ सय ६६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७४ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मुल्य स्थिर रहेको छ । यसदिन बैंकिङ उपसमुहमा आएको उल्लेख्य वृद्धिका कारण समग्र सेयर बजारलाई बढाएको र सेयर कारोबार रकम पनि बढेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर बजारमा पूँजीकरणका आधारमा सबैभन्दा ठूलो उपसमुह बैंकिङ क्षेत्रको प्रभाव बढी पर्दछ । यसदिन बैंकिङ उपसमुहको सेयर मुल्य सूचक २ दशमलब १६ प्रतिशत बढेको छ । १३ वटा उपसमुह मध्ये यसदिन सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसमुहको सेयर मुल्य २ दशमलब ४५ प्रतिशतले बढेको छ , त्यसपछि अन्य उपसमूहको सेयर मुल्य २ दशमलब ४७ प्रतिशतले बढेको छ । यसैगरी, विकास बैंक उपसमुहको सुन्य दशमलब ३३ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको २ दशमलब २९ प्रतिशत, लगानी उपसमुहको सुन्य दशमलब २० प्रतिशत, जीवन बीमा उपसमुहको सुन्य दशमलब ८९ प्रतिशत, उत्पादन उपसमुहको सुन्य दशमलब ७७ प्रतिशत, निर्जीवन बीमा उपसमुहको सेयर मुल्य १ दशमलब ०७ प्रतिशतले बढेको छ ।

सोमबार ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतले सेयर मुल्य बढेका कम्पनीहरुमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावर रहेका छन् । भर्खर नेप्सेमा सूचीकृत भएको गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेर प्रतिकित्ता ५ सय ८६ रुपैयाँ ३० पैसा पुगेको छ ।
यसदिन सप्तकोशी विकास बैंकको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले नै घटेको छ । सेन्ट्रल फाइनान्सको ४.५ प्रतिशत , ग्रीन डेभलपमेन्टको ४.२ प्रतिशत र बेस्ट फाइनान्सको ३.८ प्रतिशतले सेयर मूल्य घटेको छ । यसैगरी, व्यापार उपसमुहको १ दशमलब २७ प्रतिशत, हाइड्रोपावर उपसमुहको सुन्य दशमलब १५ प्रतिशत र फाइनान्स उपसमुहको सुन्य दशमलब ८४ प्रतिशतले सेयर मुल्य घटेको छ । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, सीईडीबी होल्डिङ्स, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स फाइनान्स र युनाइटेड इदी मर्दी हाइड्रोपावर क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।