logo

नेप्से १९.५६ अंकले बढेर २७ सय नजिक पुग्यो, साढे ९ अर्बको कारोबार

    486   पटक पढिएको


४ फागुन/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २७ सय अंक नजिक पुगेको छ । आइतबार सेयर बजार परिसूचक नेप्से १९.५६ अंकले बढेर २६ सय ९८ विन्दुमा कायम भएको छ । यसदिन कारोबार रकम पनि बढेको छ । आइतबार ९ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ७ अर्ब ९२ करोडको कारोबार भएको थियो ।
यसदिन १ सय ७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६३ को घट्यो भने ४ वटाको स्थिर रह्यो । सबैभन्दा धेरै फाइनान्स उपसमुहमा लगानीकर्ताको आकर्षण देखिएको छ । फाइनान्स उपसमूहको सेयर मुल्य सर्वाधिक ४ दशमलब ९४ प्रतिशतले बढेको छ । ६ कम्पनी विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानाकी फाइनान्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।
यसदिन बैंकिङ उपसमुहको सुन्य दशमलब ९८ प्रतिशत , विकास बैंक सुन्य दशमलब ०८ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको १ दशमलब ९५ प्रतिशत, हाइड्रोपावर उपसमुहको सुन्य दशमलब ३६ प्रतिशत, लगानी उपसमुहको १ दशमलब १७ प्रतिशतले सेयर मुल्य बढेको छ ।
जीवन बीमा उपसमुहको सुन्य दशमलब ३९ प्रतिशत , उत्पादन उपसमुहको सुन्य दशमलब २० प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको १ दशमलब ८६ प्रतिशत , अन्य उपसमुहको ३८ प्रतिशत र व्यापार उपसमुहको सुन्य दशमलब २५ प्रतिशतले सेयर मुल्य बढेको छ ।
निर्जीवन बीमा उपसमुहको १.२८ प्रतिशतले घट्यो । यसैगरी, न्यादी हाइड्रोपावरको १० प्रतिशत घट्यो । एनएलजी इन्स्योरेन्सको ९.५५ प्रतिशत , बाराही हाइड्रोपावरको ७.४१ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ५ दशमलब ८ प्रतिशतले सेयर मुल्य घट्यो ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, हिमालयन पावर पार्टनर, न्यादी हाइड्रोपावर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।