२८ माघ/अर्थ र व्यापार – स्वरोजगार लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ)को अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई आइतबार १ लाख ९५ हजार ७ सय ७३ कित्ता एफपीओ निष्कासनको स्वीकृति दिएको हो ।
लघुवित्तले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड ९५ लाख ७७ हजार ७७ हजार ३ सय रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्नेछ । सो लघुवित्तले एफपीओ निष्कासको अनुमतिका लागि गत भदौमा आवेदन दिएको थियो । यस कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल हरेको छ । यस लघुवित्तको चुक्ता पुँजी हाल ६७ करोड ११ लाख रुपैयाँ रहेको छ ।
तपाईको प्रतिक्रिया