१८ असोज/अर्थ र व्यापार – अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बिहिबार बसेको बैठकले सेयरधनीलाई ३.१५७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समितिले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले साधारण सभा बोलाएको छ । कम्पीले १४ कात्तिकका लागि साधारण सभा बबोलाएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सो कम्पनीले आगामी ५ कात्तिकमा बुकक्लोज मिति तोकेको छ ।
तपाईको प्रतिक्रिया