१३ असोज/अर्थ र व्यापार – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। कम्पनीको शनिबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
लघुवित्तले आर्थिक वर्ष २०८०/८१ वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने संचालक समितिको प्रस्ताव छ। कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ४५ करोड रुपैयाँ छ।
नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको साधारण सभाबाट प्रस्ताव पारित भएपछि सेयरधनीले कुल २० लाख ६६ हजार २५० कित्ता बोनस सेयर पाउनेछन्।
तपाईको प्रतिक्रिया