logo

सेयर बजारमा उत्साह, नेप्से १०८.३५ अंकले बढेर २७५९ विन्दुमा

    589   पटक पढिएको


२३ साउन/अर्थ र व्यापार – बुधबार सेयर बजार उच्च अंकले बढेको छ । मंगलबार १४५ अंकले घटेको बजार बुधबार नेप्से १०८.३५ अंकले बढेर २७५९ को विन्दुमा पुगेको छ ।
यसदिन कारोबारमा आएका सबै उपसमूहको सूचक बढेको छ । अन्य उपसमूहको सूचक सर्वाधिक ७.८९ प्रतिशत र फाइनान्सको सूचक ७.६२ प्रतिशतले बढेको छ।
यसदिन २३९ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन्। १२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।
बोटलर्स नेपाल बालाजु, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स, मैलुङ खोला जलविद्युत्, दोल्ती पावर कम्पनी, सिटी होटल र हिमालयन रिइन्स्योरेन्सको सेयर भाउ १० प्रतिशतले बढेको छ।
त्यस्तै, सेन्ट्रल फाइनान्स ९.९ प्रतिशत, कुथेली बुखारी हाइड्रोपावर ९.९८ प्रतिशत र शाइन रेसुंगा डेभलपमेन्टको सेयर मूल्य ९.९४ प्रतिशतले बढेको छ।
३ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक १ अर्ब ५३ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । त्यस्तै, नेपाल फाइनान्सको ६५ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।