logo

सेयर बजारमा उत्साह, नेप्से ३५.५५ अंकले बढ्यो

१७ अर्ब २६ करोडको कारोबार

    876   पटक पढिएको


१५ साउन/अर्थ र व्यापार – पछिल्लो समय सेयर बजारको कारोबारमा लगातार उत्साह देखिएको छ । मंगलबार नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६ सय ९६.६५ को विन्दुमा पुगेको छ। यसदिन कारोबारमा आएका बैंकिङ, म्युचुअल फन्ड, निर्जीवन बीमा कम्पनी र ट्रेडिङ बाहेकका उपसमूहले बजार बढाएका हुन् । होटल तथा पर्यटनको सूचक सर्वाधिक ५.९९ र फाइनान्स उपसमूहको ५.९८ प्रतिशतले बढेको छ ।
कारोबारमा आएका ३ सय २९ वटा कम्पनीमध्ये १८९ कम्पनीको सेयर मूल्य बढेको छ । ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत, नेपाल वेयर हाउस, सीइडीबी हाइड्रोपावर र नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्।
१७ अर्ब २६ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ६० करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै शिवम् सिमेन्ट ३७ करोड ६७ लाख, सोल्टी होटल ३६ करोड ४३ लाख र नेपाल फाइनान्सको ३५ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। गत ११ साउनमा मौद्रिक नीति आएपछि आइतबार दुई पटक सर्किट लागेर ११३ अंकले बढेको सेयर बजार सोमबार २०.४६ अंकले घटेको थियो । सो दिन नेप्से ओरालो लाग्दा समेत १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।
मंगलबार बजार उकालो लागे पनि ४७ कम्पनीको सेयर मूल्य घटेको छ ।

एसियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतले गुमाएका छन्। ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो। सेयर बजार लगातार उकालो लाग्दा पछिल्लो एक महिनामा लगानीकर्ताको सम्पत्ति १० खर्ब रुपैयाँले बढेको छ । गत १७ असारमा ३२ खर्ब रहेको बजार पुँजीकरण अहिले ४२ खर्बभन्दा माथी पुगेको छ । यो बीचमा नेप्से परिसूचक ७०० अंकले बढेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।