१५ साउन/अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आइपीओ निष्कासन गर्न निवेदन दिने कम्पनीको नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारणमा एकरुपता कायम गर्न नीति बनाउने भएको छ ।
सेबोनले सार्वजनिक निष्कासनमा नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारणमा एकरुपता कायम गर्न सार्वजनिक लेखा समितिको निर्देशन तथा अन्तर्राष्ट्रिय प्रचलनलाई समेत मध्यनजर गरी स्ट्यान्डर्ड तयार गर्ने भएको हो ।
गत १२ पुसमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न दिएको विषयमा प्रश्न उठाएको थियो । समितिले प्रिमियम मूल्यमा आइपीओ निष्कासनमा अंकुश लगाउनुका साथै बुकबिल्डिङ प्रक्रियामार्फत निष्कासन गराउन निर्देशन दिएको थियो।
यसैगरी, ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई आइपीओ निष्कासनको स्वीकृति नदिन निर्देशन दिएको थियो । समितिको निर्देशनपछि सेबोनले प्रिमियम मूल्य र ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई आइपीओ निष्कासन गर्न स्वीकृति दिएको छैन ।
तपाईको प्रतिक्रिया