logo

साल्ट ट्रेडिङ र डेप्रोक्सको बोनस सेयर नेप्सेमा सूचीकृत, थपियो १९ लाख ६९ हजार कित्ता

    103   पटक पढिएको


२१ जेठ/अर्थ र व्यापार – साल्ट ट्रेडिङ कर्पोरेसन र डेप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
सोमबार डेप्रोक्स लघुवित्तको १५ लाख ५१ हजार ८८ कित्ता र साल्ट ट्रेडिङ कर्पोरेसनको ४ लाख १८ हजार ३२६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । योसँगै नेप्सेमा १९ लाख ६९ हजार ४ सय १४ कित्ता सेयर थपिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिएको थियो । योसँगै कम्पनीको चुक्ता पुँजी ३२ करोड ७ लाख १७ हजार १०० रुपैयाँ कायम भएको छ ।
डेप्रोक्स लघुवित्त लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सूचीकृत बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ७० करोड ६१ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोड बजेट

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ कालागि कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।