२४ भदौ/अर्थ र व्यापार – खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो।
हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख रुपैयाँ छ । सोही बराबर हकप्रद जारी गर्ने कम्पनीको योजना हो। जस लगत्तै चुक्ता पुँजी ९३ करोड १४ लाख रुपैयाँ नाघ्नेछ ।
कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हकप्रद सेयर निष्कासन गर्न लागेको बताएको छ । गत आवसम्म कम्पनी २ करोड २८ लाख रुपैयाँ नोक्सानीमा छ । र कम्पनीका अनुसार ८० करोड ८५ लाख रुपैयाँ दीर्घकालीन कर्जा छ।
विद्युत नियमन आयोगबाट सहमति लिइ आगामी वार्षिक साधारण सभाले पारित गरेपछि हकप्रद प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको हो । कम्पनीको सेयर पछिल्लो पटक १६४ रुपैयाँ किनबेच भएको सो कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया