logo

अन्तिम समयमा आएर सम्हालियो सेयर बजार

    776   पटक पढिएको


१८ भदौ/अर्थ र व्यापार – सोमबार सेयर बजार अन्तिम २५ मिनेटमा सम्हालिएको छ । कारोबारको अन्तिम समयमा मूल्य झरेको मौकामा खरिद गर्नेहरु बढ्दा परिसूचक अन्ततः अघिल्लो दिनको तुलनामा ७ अंक बढ्यो ।
सो अंकको वृद्धिपछि नेप्से १९६७ अंकमा कायम भएको छ । २:३५ बजे नेप्से १९४९ अंकमा झरेको थियो, त्यसपछि बजार उकालो लागेको हो । दिनभर कुल १ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन १ अर्ब १८ करोडको कारोबार भएको थियो ।

कुल १२६ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १४ को स्थिर रहृयो । बैंकिङ १.९, विकास बैंक १६, होटल तथा पर्यटन २९, जलविद्युत् १६, जीवन बीमा ५५, उत्पादन ६, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ३२, अन्य ६ र व्यापार उपसमूह ३० अंक बढे । फाइनान्स उपसमूह भने ०.४ अंक घट्यो ।

थ्रीस्टार हाइड्रोपावर, दोल्ती पावर, ग्रीन भेन्चर, रुरु जलविद्युत् र आशा लघुवित्तको मूल्य ९.८ प्रतिशतदेखि १० प्रतिशतसम्म बढ्यो । लिबर्टी इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, नबिल बैंक, सोल्टी होटल र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।