१० भदौ/अर्थ र व्यापार – सिटिजन्स म्युचुअल फन्ड–२ ले प्रतिफल घोषणा गरेको छ। योजनाले गत आर्थिक वर्षका लागि ८ प्रतिशतले हुन आउने ४ करोड ४८ लाख बराबरको नगद(करसहित) लाभांश दिने घोषणा गरेको हो।
यो सामूहिक लगानी कोष सिटिजन्स बैंक इन्टरनेशनलद्वारा प्रवर्द्धिधत योजना हो। योजनाद्वारा घोषित प्रतिफल अघिल्लो वर्षभन्दा घटेको छ। अघिल्लो वर्ष २०७७/७८ मा योजनाद्वारा वितरित प्रतिफल ४० प्रतिशत थियो।
योजनाको कोष व्यवस्थापकमा सिटिजन्स क्यापिटल छ। प्रतिफल वितरणका लागि क्यापिटलले भदौ १९ गतेका लागि बुक क्लोज मिति तोकेको छ । तसर्थ बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले मात्र उक्त प्रतिफल पाउने छन्।
तपाईको प्रतिक्रिया