logo

बल्ल बढ्यो सेयर कारोबार, बजार, १४.४१ अंकले उक्लियो

    785   पटक पढिएको


२३ फागुन/अर्थ र व्यापार – पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजार मंगलबार भने बल्ल कारोबार बढेर सम्हालिएको छ ।
मंगलबार १४.४१ अंकले बढेको बजार १९५२.६६ बिन्दुमा उक्लिएको छ । यो शून्य दशमलव ७४ प्रतिशतको वृद्धि हो ।
मंगलबार २६१ धितोपत्रको २४ हजार ३७३ वटा कारोबारबाट ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार उत्पादन तथा प्रशोधन र म्यूचअल फण्ड उपसूचकबाहेक सबै उपसूचक हरियो देखिए । सबैभन्दा धेरै जलविद्युत (१.६७ प्रतिशत)का लगानीकर्ताले कमाए ।

मंगलबार शुभम् पावर लिमिटेड र सुपरमादी हाइड्रोको सकारात्मक सर्किट लेबलमा कारोबार भयो । सिद्धार्थ इन्भेष्टमेन्ट, इमर्जिङ नेपाल, स्वाभिमान लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले बढ्यो ।
सीवाईसी नेपाल लघुवित्त, नविल इक्विटी फण्ड, समिट लघुवित्त, कुमारी धनवृद्धि योजनासहितका धितोपत्रको मूल्य भने धेरैले घटेको छ । साल्ट ड्रेडिङ, हिमालयन डिष्ट्रिलरी, छिमेक लघुवित्त, शिवम सिमेन्टसहितका धितोपत्रको सबैभन्दा धेरै कारोबार भएको छ ।
यसअघि निरन्तर ओरालो लागेको सेयर कारोबारमा धेरै लगानीकर्ताले घाटा सहनु परेको थियो । मंगलबारको कारोबार बृद्धिले भने केही राहत मिलेको लगानीकर्ताहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।