logo

सेयर बजारमा दोहोरो अंकको गिरावट

    865   पटक पढिएको

१९ मंसिर/अर्थ र व्यापार – सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक २४.४६ अंकले घटेर परिसूचक १९३८.७६ बिन्दमा रोकिएको छ ।
२४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता सेयर १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँको सेयर किनेबच भएको छ । बजारमा गिरावट आएपनि कारोबार रकम भने बढिरहेको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैकिङ समूहको ९.७८, विकास बैंक ५३.२१, वित्त कम्पनी ३६.७५, जलविद्युत २५.०८, जीवन बीमा १३५.९२, उत्पादन तथा प्रशोधन १२३.४७, माइक्रोफाइनान्स ५८.५७, निर्जीबन बीमा ९१.९५, अन्य समूहको २८.२७ र ट्रेडिङ समूहको उपसूचक उपसूचक २६.२९ अंकले घटेको छ ।
बजारमा गिरावट आउँदा सयपत्री हाईड्रोपावर, एनआईसी एशिया सेलेक्स फण्ड ३०, ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१, नारायणी डेभलपमेन्ड बैंकका लगानीकर्ताले कमाएका छन् भने अजोड इन्स्योरेन्स, सिटिजन्स म्युचुअल फण्ड–१, ओरियन्टल होटल, युनाइटेड इन्स्योरेन्स, लिबर्टी इनर्जी नेपालका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ३० करोड ८३ लाख ५७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम् सिमेन्ट र नबिल बैंक रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।