logo

सेयर कारोबारमा सामान्य गिरावट,नेप्से ६.५९ अंकले घट्यो

    867   पटक पढिएको

२९ कात्तिक/अर्थ र व्यापार– सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ६.५९ अंक (०.३५ प्रतिशत) ले गिरावट भएर १८९६.३८ अंकमा बन्द भएको छ ।
मंगलबार बैंकिङ, निर्जीवन बीमा कम्पनी, व्यापार उपसूचकमा वृद्धि भएको छ भने त्यसबाहेकका सबै उपसूचक घटेको छ । विकास बैंक, वित्त कम्पनी र उत्पादनमुलक उपसूचक भने १ प्रतिशत माथिले गिरावट भएको छ ।
नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही वृद्धि भएर १ अर्ब नाघेको छ । सोमबार करिब ९५ करोडको कारोबार भएको बजारमा मंगलबार २७ लाख ४५ हजार १०९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २ करोड ३६ लाख १० हजारको कारोबार भएको छ ।
जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड २२ लाख ३५ हजारको कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख ९८ हजारको सेयर कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको ४ करोड ६७ लाख २२ हजारको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १३३ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ४३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ९ कम्पनीको भने स्थिर छ । मंगलबार कारोबार भएकामध्ये सूचीकृत कम्पनीमा पञ्चकन्यामाई हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक २.९३ प्रतिशतले वृद्धि हुँदा युनिलिभर नेपालको सेयर मूल्य २.०८ प्रतिशतले बढेको छ ।

सिटिजन्स म्युचुअल फण्ड १ को इकाइ मूल्य ४.५८ प्रतिशतले वृद्धि हुँदा ग्लोबल आईएमई ब्यालेन्स फण्डको इकाइ मूल्य २.५६ प्रतिशत र लक्ष्मी इक्विटी फण्डको इकाइ मूल्य २.१२ प्रतिशतले बढेको छ ।
तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य सर्वाधिक ८.५६ प्रतिशतले गिरावट हुँदा सिक्लेस हाइड्रोपावरको ८.४२ प्रतिशत र ग्रामीण विकास लघुवित्तको सेयर मूल्य ६.२१ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।