logo

लगातार तेस्रो दिन पनि घट्यो,सेयर कारोबार

    963   पटक पढिएको


२२ भदौ/अर्थ र व्यापार – शेयर बजार आज लगातार तेस्रो दिन पनि घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार बुधबार बजार ११.९७ अंकले घटेको हो । ०.६१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९३९.८८ अंकमा झरेको छ ।
बुधबार २२४ कम्पनीका २९ लाख ४३ हजार ७ सय ६९ कित्ता शेयर किनबेच हुँदा ८२ करोड ६२ लाख ३० हजार ५ सय ८३ रुपैयाँको मात्रै कारोबार भएको हो ।
बजार घटेको दिन आज म्युचुअल फण्ड ०.११ अंकले बढेको छ भने बाँकी समूह राताम्मे भएका छन् । आज सबैभन्दा बढी ट्रेडिङ समूह ४६.११ अंकले घटेको हो।
नेप्सेका अनुसार सनराइज फर्स्ट म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा बढी ७.७२ प्रतिशतले कमाउँदा प्राइम बैंकको ऋणपत्रका लगानीकर्ताले सबैभन्दा बढी ५.८८ प्रतिशतले गुमाएका छन् ।
बुधबार नेपाल दूरसञ्चार कम्पनीको उच्च कारोबार भएको छ सो कम्पनीको ५ करोड १५ लाख ६० हजार २ सय ९९.४० रुपैयाँ बराबरको कारोबार भएको हो ।
साताको पहिलो दिन आइतबार शेयर बजार ६.६८ अंकले बढ्दा १ अर्ब ७ करोड १६ लाख १५ हजार ९ सय २२ रुपैयाँ, सोमबार ४.२९ अंकले बजार घट्दा ९० करोड ९९ लाख ४ हजार ७ सय ५१ रुपैयाँ र हिजो मंगलबार २१.२२ अंकले बजार घट्दा १ अर्ब १९ करोड ७ लाख ६५ हजार ६ सय १३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।