logo

सेयर बजारमा जीवन बीमा कम्पनीको आकर्षण , झन्डै ६६ अर्ब रुपैयाँ लगानी

    847   पटक पढिएको

९ मंसिर /अर्थ र व्यापार – सेयर बजारमा सर्वसाधारणको लगानी बृद्धि हुनेक्रम बढेसँगै अहिले जीवन बीमा कम्पनीहरुको आकर्षण ह्वात्तै बढेको पाईएको छ । हाल जीवन बीमा कम्पनीहरुले सेयर बजारमा झन्डै ६६ अर्ब रुपैयाँ लगानी गरेका छन् । 
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अवधिमा विभिन्न १९ वटा जीवन बीमा कम्पनीहरुले ६५ अर्ब ६९ करोड २९ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका हुन् ।
बीमा कम्पनीहरुले सेयर बजारसँग सम्बन्धित क्षेत्र सूचीकृत पब्लिक कम्पनीको साधारण सेयर, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चर, म्युचअल फण्ड र नागारिक लगानी कोषमा लगानी गरेका हुन्।
कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा १५ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा २५ अर्ब १४ करोड रुपैयाँ, सूचिकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा २१ अर्ब ८३ करोड रुपैयाँ लगानी गरेका छन् ।
बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले बचतपत्रमा २ अर्ब ४ करोड रुपैयाँ लगानी गरेका छन् भने म्युचुअल फण्ड र नागरिक लगानी कोषमा कम्पनीहरुले ९८ करोड रुपैयाँ लगानी गरेका छन् ।
यसअवधिमा सेयर बजारमा सबैभन्दा धेरै लगानी एलआइसी नेपालले गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासको अवधिमा सेयर बजारमा ११ अर्ब ८३ करोड रुपैयाँ लगानी गरेको छ । 
कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा २ अर्ब ६७ करोड रुपैयाँ लगानी गरेको छ । बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयरमा ९ अर्ब रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा ७ अर्ब ३३ करोड रुपैयाँ र म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ८ करोड रुपैयाँ लगानी गरेको छ ।
यस अवधिमा जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा पनि १५ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेका छन् । सबैभन्दा धेरै नेपाल लाइफले लगानी गरेको छ । चालु आवको पहिलो त्रैमासको अवधिमा कम्पनीले सो क्षेत्रमा ४ अर्ब ६ करोड रुपैयाँ लगानी गरेको छ ।
यसैगरि, एलआइसी नेपालले २ अर्ब ६७ करोड रुपैयाँ, नेशनल लाइफले १ अर्ब ३८ करोड रुपैयाँ, एशियन लाइफले एक अर्ब १ अर्ब ८१ करोड रुपैयाँ लगानी गरेका छन् ।
१९ जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो त्रैमासको अवधिमा बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयरमा २५ अर्ब १४ करोड रुपैयाँ लगानी गरेका छन् ।
यस अवधिमा सो क्षेत्रमा एलआइसी नेपालले सबैभन्दा धेरै लगानी गरेको छ । कम्पनीले ९ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको छ । यस्तै, नेपाल लाइफले ३ अर्ब ४१ करोड रुपैयाँ, यूनियन लाइफले ३ अर्ब २४ करोड रुपैयाँ, सूर्या लाइफले २ अर्ब ७ करोड रुपैयाँ लगानी गरेका छन् ।
समितिले बीमकको लगानी निर्देशीका, २०७५ जारी कम्पनीहरुले लगानी गर्नुपर्ने क्षेत्र तोकिदिएको छ । निर्देशिका बमोजिम कम्पनीहरुले कुल टेक्निकल रिजर्भको २० प्रतिशत लगानी कृषि पर्यटन र जलस्रोत लगायत पुर्वाधारमा गर्नुपर्ने व्यवस्था छ । लगानी निर्देशिका अनुसार ५ प्रतिशत नेपाल सरकार वा राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा, ४० प्रतिशत वाणिज्य बैंकको मुद्दति निक्षेपमा, विकास बैंकको मुद्दतिमा २० प्रतिशत र वित्त कम्पनीको मुद्दति निक्षेपमा १० प्रतिशत, ५ प्रतिशत घरजग्गा ब्यवसायमा र २० प्रतिशत पब्लिक कम्पनीको साधारण सेयरमा लगानी गर्न सक्छन् ।

लगानी निर्देशिका अनुसार कम्पनीहरुले २० प्रतिशत ऋणपत्रमा, नागरिकलगानी कोष तथा म्युचुअल फण्डमा ५ प्रतिशत र बैंक तथा वित्त कम्पनीको साधारण सेयरमा २० प्रतिशत लगानी गर्न पाउँछन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।