logo

न्यादी हाइड्रोपावरको सेयर बाँडफाँड, २ लाख ९ हजार २५० जनाले पाए १० कित्ता

    971   पटक पढिएको

५ कात्तिक/अर्थ र व्यापार – न्यादी हाइड्रो पावर कम्पनीको सेयर बाँडफाँड भएको छ । कम्पनीको लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि गत १५ गतेदेखि १९ असोजसम्म निष्कासन गरेको सेयर अहिले बाँडफाँड भएको हो ।
यस कम्पनीको सेयरधनी बन्न आवेदन दिएका मध्ये २ लाख ९ हजार २५० मात्र गोलाप्रथाबाट १० कित्ता सेयर पाएको सो कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ । 
कम्पनीको सेयरधनी बन्न २३ लाख ५७ हजार १६६ जनाले २ करोड ९४ लाख ७७ हजार ६५० कित्ता लागि आवेदन दिएका थिए । यो माग गरिएको भन्दा करिब १४ गुणा बढी हो ।
कम्पनीले गत असोज १५ गतेदेखि सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ मूल्यको सेयरको  बिक्री खुल्ला गरेको थियो । साधारण सेयरको ५ प्रतिशत हुन आउने १ लाख १२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि तथा २ प्रतिशत हुन आउने ४५ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी  २० लाख ९२ हजार  ५ सय कित्ताका लागि  सर्वसाधारणका लागि थियो ।
पहिलो चरणमा स्थानीयबासीका लागि १८ करोड रुपैयाँ मूल्यको १८ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिएको छ । सेयर भर्ने सबै स्थानीयबासीले कम्पनीको सेयर पाएका छन् । यो बुटवल पावर कम्पनी (बिपिसी) को सहायक कम्पनी हो । कम्पनीले लगानी गरेको न्यादी जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छ । सिभिल संरचना निर्माण कार्य पूरा भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।