२८ भाद्र / अर्थ र व्यापार– अपर तामाकोशी हाइड्रो पावरले एकैपटक दुई वर्षको साधारण सभा आव्हान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५ / ७६ र २०७६ / ७७ को बाह्रौं र तेह्रौं वार्षिक साधारण सभा एकैपटक आगामी १९ असोजमा बोलाएको हो ।
सो सभा सोही दिन बिहान काठमाडौंको दरवारमार्गस्थित नेपाल विद्युत प्राधिकरणमा भर्चुअल माध्यमबाट बस्ने भएको छ । यससँगै दुबै सभाले आयोजना प्रभावित दोलखाका विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई उपलब्ध गराएको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।
सो सभामा जाने प्रयोजनको लागि आगामी ४ असोजमा एक दिन कम्पनीको बुक क्लोज हुने छ । यससँगै आगामी ३ असोजसम्म कायम सेयरधनीहरु यस सभामा बस्न योग्य हुने सो कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया