logo

सेयर बजारमा अर्थमन्त्रीको चासो 

गभर्नरलाई फोन गरेर भने ‘समस्या समाधान गर्नू’

    1284   पटक पढिएको


२१ भाद्र /अर्थ र व्यापार – अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय सेयर बजार निरन्तर झरेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरि समस्या समाधान  भनेका छन् ।
राष्ट्र बैंकको नीतिकै कारण बजार घटेको आरोप लागेपछि अर्थमन्त्री मन्त्री शर्माले गभर्नरसँग यसबारे चासो राखेका हुन् । आइतबार मात्रै सेयर बजारमा ऋणात्मक सर्किट ब्रेकर लाग्नुकासाथै नेप्से १०८ अंकले घटेको थियो।
यसरी निरन्तर घटेको सेयरकाबारेमा फोनवार्ताका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरे । उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई यस्तो भनेका हुन् । अर्थमन्त्रीको जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । 
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आव २०७८/७८ को मौद्रिक नीतिले सेयर लगानीका लागि सेयर धितो राखेर एक व्यक्ति वा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट  १२ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गरेको थियो। यसैगरि, सेयरमै लगानीका लागि एउटा बैंक तथा वित्तीय संस्थाबाट एक व्यक्तिले ४ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गरिएको थियो । यहीं व्यवस्थाका कारण सेयर बजारमा असर परेको लगानीकर्ताको गुनासो छ । 
सेयर लगानीकर्ता संघ नेपालले राष्ट्र बैंकले यो नीति सच्याउनुपर्ने बताएको छ । आफुहरुको सम्पत्तिमाथिको अधिकारलाई यसले वञ्चित गर्न खोजेको संघको भनाई छ ।  यसलाई राष्ट्र बैंकले सच्याउनुपने सो संघको माग गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्नुपर्ने निकायले सेयर लगानीकर्तालाई अंकुश लगाउन खोज्नु गलत भएको सो संघको भनाई छ । 
यसअघि सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट १२ करोडभन्दा बढी ऋण लिएका र फेरि सेयरमै लगानी गरेकाले एक वर्षभित्र सीमामा ल्याइसक्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि मौद्रिक नीतिका सम्वन्धमा आफ्नो भनाइ राख्दै गभर्नर अधिकारीले सेयर धितो राखेर ऋण लिने, फेरि त्यहीं रकम सेयरमा लगाउने, फेरि ऋण लिने ‘रिसाइकल’ प्रवृत्ति देखा परेकाले यो व्यवस्था गरिएको बताएका थिए । यसैगरि, सेयर धितो राखेर अन्य सेयरबाहेक अन्य क्षेत्रमा लगानी गर्न भने कुनै सीमा लागू नहुने उनले स्पष्ट पारेका थिए ।  उता पुँजीबजार संघर्ष समितिले सोमबार राष्ट्र बैंक परिसर बालुवाटारमा गएर मौद्रिक नीतिमा गरिएको व्यवस्थाको विरोध जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।