४ असार / अर्थ र व्यापार - डिप्रोक्स लघुवित्तले हकप्रद जारी गर्दा विक्री नभएको १५ हजार ९६९ कित्ता सेयरको लिलामी खुलेको छ । लघुवित्तले हकप्रदमा बिक्री नएभको सर्वसाधारण समूहको सेयर लिलामीमा राखेको हो । डिप्रोक्सले गत चैत ७ गतेदेखि वैशाख २५ गतेसम्म जारी गरेको २५ लाख ७९ हजार २३८ दशमलव ४५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
डिप्रोक्सको लिलामी सेयर सर्कान चाहने इच्छुक लगानीकर्ता (व्यक्ति , संघसंस्था) ले विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्सालबाट असार ११ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्सालको कार्यालमा असार १३ गते दिउँसो ३ बजे बोलपत्र खोलिनेछ । क्यापिटलले सेयर पाउन नसक्ने लगानीकर्तालाई असार १६ गतेदेखि रकम फिर्ता गर्नेछ ।
चुक्ता पूँजी ३४ करोड ८१ लाख रुपैयाँ रहेको लघुवित्तको कम्पनीको प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ९० पैसा छ भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले २० करोेड ८५ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
तपाईको प्रतिक्रिया