logo

१९ कम्पनीका १३ अर्बभन्दा  बढीको हकप्रद शेयर आउँदै 

    1805   पटक पढिएको

८ साउन / अर्थ र व्यापार – विभिन्न १९ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डका अनुसार ती सबै कम्पनीले तोकिएको समयमा नै हकप्रद शेयर जारी गर्न सके पूँजीबजारमा  १३ करोड ५७ लाख ५१ हजार १०१ कित्ता शेयर प्रवेश गर्नेछ । ती शेयरको मूल्य १३ अर्ब ५७ करोड ५१ लाख १० हजार १ सय १८ रुपैयाँ बराबरको हुनेछ । त्यसरी हकप्रद शेयर निष्कासनका लागि आवेदन दिनेमा नौवटा विकास बैंक रहेका छन् ।

यस्तै, प्रभु बैंकले १० बराबर ४ का दरले रु दुई अर्ब ३५ करोड २५ लाख ६० हजार ८०० बराबरको हकप्रद शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ भने अपि पावर कम्पनीले २१ करोड कित्ता हकप्रद शेयर जारी गर्ने लक्ष्यका साथ बोर्डमा निवेदन दिएको छ ।

बोर्डमा निवेदन दिनेमा चारवटा फाइनान्स कम्पनी रहेका छन् भने एक बीमा कम्पनी रहेको छ । ‘क’ वर्गकै बैंक सिभिलले पनि १० बराबर ४ का दरले रु दुई अर्ब सात करोड ४० लाख ८८ हजार ६७५ बराबरको हकप्रद शेयर जारी गर्न आवेदन दिएको छ ।
यस्तै बोर्डका अनुसार बैंक तथा वित्तीय क्षेत्र र जलविद्युत् गरी १८ कम्पनीले साधारण शेयर र थप शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् । शेयर निष्कासन गर्न लागेका १८ मध्ये ११ जलविद्युत् कम्पनी छन् । कुल १८ कम्पनीले रु पाँच करोड ६२ लाख तीन हजार ८५ कित्ता साधारण शेयर जारी गर्न बोर्डमा आवेदन दिइएको छ ।

तीमध्ये रु तीन अर्ब २९ करोड १४ लाख २९ हजार बराबरको तीन करोड २९ लाख १४ हजार कित्ता साधारण शेयर र एक करोड ७० लाख कित्ता थप निष्कासन (एफपिओ) का लागि निवेदन परेको छ । यस्तै जलविद्युत् कम्पनीले पनि आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिने क्रम पछिल्लो दिनमा बढ्दै गएको छ ।

पछिल्लो समयमा जलविद्युत् आयोजनाले १० प्रतिशत आयोजना प्रभावित स्थानीयवासीलाई अनिवार्यरुपमा साधारण शेयर दिनुपर्ने नीतिगत व्यवस्थापछि प्रवर्द्धकले धमाधम शेयर दिन लागेका हुन् । शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिनेमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड रहेको छ । सो कम्पनीले आयोजना प्रभावित स्थानीयवासीलाई रु आठ करोड बराबरको आठ लाख कित्ता शेयर निष्कासनका लागि निवेदन दिएको छ ।

गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले पनि रु दुई करोड बराबरको दुई लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीयवासीलाई शेयर दिने भएको छ । यस्तै राधी विद्युत् कम्पनी लिमिटेडले रु सात करोड ६४ लाख ५५ हजार बराबरको साधारण शेयर निष्कासन गर्न लागेको छ ।

त्यस्तै बुटवल पावर कम्पनी लिमिटेडले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । साधारण शेयर नै जारी नगरी एफपिओ जारी गर्न लागेको भन्दै सो कम्पनीको आलोचनासमेत हुने गरेको छ । उता बैंक अफ काठमाण्डु लुम्बिनी लिमिटेडले पूँजी बढाउन संस्थापक एफपिओ निष्कासन गर्नेछ । बैंकले ६१ लाख ५८ हजार कित्ता एफपिओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ ।

त्यस्तै एनएमबी बैंकले चुक्ता पूँजी बढाउन एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्कासनका लागि यसअघि नै आवेदन दिएको हो । बैंकले चुक्तापूँजी रु आठ अर्ब बढाउन एफपिओ निष्कासन गर्न लागेको हो । यसैगरी मेघा बैंक लिमिटेडले १० बराबर छ अनुपातमा रु दुई अर्ब ९७ करोड ८५ लाख तीन हजार ४६३ को हकप्रद शेयर जारी गर्न आवेदन दिएको छ ।

यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले रु तीन करोड बराबरको साधारण शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । नेपाल ग्रामीण विकास बैंकले पनि पूँजी बढाउने दौडमा रहेको छ । सो बैंकले नौ लाख ७५ हजार कित्ता एफपिओ निष्कासन गर्न लागेको छ । उता प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले छ लाख ५९ हजार ५६५ कित्ता एफपिओका लागि आवेदन दिएको छ । तर एफपिओको मूल्य भने निर्धारण हुन सकेको छैन । 

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।