११ साउन / अर्थ र व्यापार – नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बुधबार पाँच कम्पनीको एक करोड २५ लाख ७९ हजार ४५२ कित्ता सेयर सूचिकृत भएको छ । नेप्सेमा बुधबार सेयर सूचिकृत गराउने कम्पनीहरुमध्ये ग्लोबल आईएमई बैंकको सबैभन्दा बढि ८३ लाख ७६ हजार ८०२ कित्ता सेयर सूचिकृत भएको छ । ग्लोबलले यसअघि प्राप्ती गरेको रिलायबल डेभलपमेन्ट बैंकको सेयर आफ्नो नाममा सूचिकृत गराएको हो ।
त्यस्तै छ्याङ्दी हाइड्रोपावर कम्पनीले साधारण सेयर सहित २७ लाख कित्ता सेयर सूचिकृत गराएको छ । सांग्रीला डेभलपमेन्ट बैंकले यसअघि प्राप्ती गरेको कसमस डेभलपमेन्ट तर्फको ११ लाख २४ हजार ९८७ कित्ता सेयर, भार्गव विकास बैंकले दुई लाख ४० हजार कित्ता बोनस सेयर र महाकाली विकास बैंकले एक लाख ३७ हजार ६६२ कित्ता सेयर पनि आईतबार नै सेयर बजारमा थपिएका छन् ।
सेयरधनीले बुधबार सूचिकृत भएका सेयरहरु एक सातापछि धितोपत्रको दोस्रो बजार नेप्सेमा कारोबार गर्न सक्नेछन् ।
तपाईको प्रतिक्रिया