logo

कवाड सप्लायर्स व्यापारीमाथि झन्डै ४५ करोडको मुद्दा

    1550   पटक पढिएको

२० मंसिर/ अर्थ र व्यापार – राजश्व अनुसन्धान विभागले कवाड सप्लायर्स व्यापारीमाथि झन्डै ४५ करोडको मुद्दा दायर गरेको छ । आफ्नो अनुगमन तथा निगरानीलाई तिब्र बनाएको विभागले अर्कै कम्पनीको नाममा सामान खरिद गरि २२ करोड भन्दाबढी रुपैयाँ राजश्व छल्ने कबाडी व्यापारीमाथि झन्डै ४५ करोड रुपैयाँको मुद्दा दायर गरेको हो । 
रूपन्देही जिल्लाको समरीमाही गाउँपालिका–६ स्थित कशौधन कवाड सप्लायर्सका सञ्चालक प्रमोद कुमार गुप्ताले २२ करोड ३६ लाख ९३ हजार ४७९ रूपैयाँ राजश्व छलेको भन्दै त्यसको डबल ४४ करोड ७३ लाख ८६ हजार ९५८ रूपैयाँ मागदाबी सहित विभागले तुल्सीपुर उच्च अदालत बुटवलमा मुद्दा दायर गरेको जनाएको छ ।
सो सप्लायर्सका सञ्चालक गप्ता र अर्का आरोपी गोबिन्द कुमार कशौधनलले राजस्व चुहावट गर्ने मनसाय राखेर अरुकै फर्मको नामबाट सामान खरिद गरी सो सामान विभिन्न व्यक्तिहरुलाई विक्री गरी त्यसको लेखांकन नगरी मुल्यअभिबृद्धिकर तथा आयकर छली गरेको आरोप विभागको छ । उनीहरुले मुल्यअभिबृद्धिकर तर्फ ६ करोड ३१ लाख ४८ हजार २६६ रुपैयाँ र आयकर तर्फ १६ करोड ५ लाख ४५ हजार २१३ रूपैयाँ राजश्व छली गरेको पाईएको अनुसन्धानबाट खुलेको विभागले जनाएको छ । 
रुपन्देहीको समरिमाही गाउँपालिका –६  स्थायी ठेगाना भएका कशौधन कवाड सप्लायर्स (स्थायी लेखा नं. ३०५१४३०२४ भएका सोही फर्मका प्रोपराइटर ३२ वर्षिय गुप्ता र अर्का व्यापारि गोविन्दकुमार कौशधन लगायत बिरुद्ध विभागले उनीहरुले छलिगरेको राजश्व २२ करोड ३६ लाख ९३ हजार ४७९ रुपैयाँ विगो र सोही रकमको शतप्रतिशत अर्थात यसको दोब्बर ४४ करोड ७३ लाख ८६ हजार ९५८ रुपैयाँ असुल गर्नेगरि अदालतमा मुद्दा दायर गरिएको विभागले बताएको छ ।  
विभागका महानिर्देशक प्रकाश पौडेलले यस विभागका अनुसन्धान अधिकृतहरुको विशेष निकरानीका कारण अहिले राजश्ज छलिमा संलग्न यस्ता व्यक्ति तथा फर्महरुलाई धमाधम बाहिर ल्याउने काममा सफलता मिलेको बताए । 
विभागका अनुसार राजश्व छलिमा संलग्न उनीहरुको सो फर्मले मूल्य अभिबृद्धि कर तफ ६ करोड ३१ लख ४८ हजार २ सय ६६ रुपैयाँ र आयकरतर्फ १६ करोड ५ लाख ४५ हजार २ सय १३ रुपैयाँ गरी कुल २२ करोड ३६ लाख ९३ हजार ४७९ रुपैयाँ राजश्व छलि गरेको अनुसन्धानबाट खुलेको छ । अब उनीहरुमाथी राजश्व अनुसन्धान तथा नियन्त्रण पहिलो संसोधन ऐन २०५२ को दफा २३ को उपदफा १ बमोजिम राजश्व छलिगरिएको रकम बराबरको बिगो र सोही बिगोको शतप्रतिशत जरिवाना र तीन वर्षसम्म कैद संजायको माग दावी सहित मुद्दा दायर गरिएको छ । 
सरकारले राजश्व छल्लेहरुमाथी बढाएको तिब्र अनुगमन तथा निगरानीसँगै अहिले राजश्व छलिका अनेकौं रुप धमाधम बाहिरिन थालेको छ । पछिल्लो समय विभिन्न तरिका अपनाएर राजश्व छलिमा संलग्न तथा संकास्पद व्यक्ति र फर्महरुमा गरिएको निगरानीकै कारण अहिले अनेक रुपमा राजश्व छलिगर्नेहरुलाई समानेर विभिन्न अदालतमा मुद्दा दायर गरि कानुनी दायरामा ल्याउन सफल भएको राजश्व अनुसन्धान विभागले जनाएको छ । 
आफ्नो अनुगमन तथा निगरानीलाई तिब्र बनाएको विभागले अर्कै कम्पनीको नाममा सामान खरिद गरि करोडौं रुपैयाँ राजश्व छल्ने कबाडी व्यापारीमाथि झन्डै ४५ करोड रुपैयाँको मुद्दा दायर गरेपछि राजश्व छलिमा यस्ता अनेक रुप भईरहेको तथ्य बाहिर ल्याएको हो । 
यसअघि पनि विभागले फल्स बटम बनाएर, नक्कली विजक बनाएर र विभिन्न व्यक्तिहरु तथा मजदुरको नाममा नक्कली फर्म खोलेर करोडौं रुपैयाँ राजश्व छल्नेहरुलाई विभिन्न अदालतमा मुद्दा दायर गरेको बताउँदै आएको छ । अहिलेसम्म यस्ता अनेक तरिका अपनाएर गरिने राजश्व छलिका घटनाहरुको संख्या पनि हजारौं भईसकेको सो विभागले जनाएको छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।