logo

आन्तरिक राजस्व विभागको नयाँ व्यवस्था : स्रोतमा कर कट्टीः कटाइएको रकम करदाताको नाममा इटीडीएस नभए तिरेको नमानिने

    4094   पटक पढिएको

१५ मंसिर /अर्थ र व्यापार – आन्तरिक राजस्व विभागले आफ्नो नयाँ व्यवस्थाबारे करदातालाई जानकारि गराउँदै अब स्रोतमै करकट्टी गर्नुपर्ने व्यवस्थामा विपरित जसको नाममा कर कटाइएको हो, सो करदाताको खातामा इटीडीएस गरेकै हुनुपर्ने व्यवस्था लागू भएको बताएको छ ।
यसअघि भुक्तानी दिने व्यक्ति वा फर्मले भुक्तानी दिदा लाग्ने कर कटाएर भुक्तानी दिनुपर्ने व्यवस्था थियो । तर, विभागले चालु आर्थिक वर्ष २०७८/ ७९ देखि भुक्तानी गर्नेले मात्रै नभई भुक्तानी प्राप्त गर्ने करदाताको प्यानमा इटीडीएस भएकै हुनुपर्ने नियम लागू गरेको जनाएको छ । 
विभागका निर्देशक राजुप्रसाद प्याकुरेलले भुक्तानीको बेलामा स्रोतमै कर कट्टी भएको विवरण प्राप्त हुने तर कर कटाइएको करदाताको खातामा इटीडीएस नहुने क्रम बढेपछि इटीडीएस भएको भेरिफाई हुनुपर्ने व्यवस्था लागू गरिएको जानकारी दिए ।
‘कुनै व्यक्ति वा फर्मले अर्काे व्यक्ति वा फर्मलाई १५ प्रतिशत कर कटाएर भुक्तानी दिएको रहेछ भने भुक्तानी पाउने फर्म वा व्यक्तिको खातामा सो कर रकम इटीडीएस भएको देखिनु पर्छ, यसअघि भुक्तानी दिने फर्म वा व्यक्तिले करकट्टी गरेर जम्मा गरिदिएको प्रमाण पेश गरे हुने व्यवस्था थियो,’ निर्देशक प्याकुरेलले भने ।
नयाँ व्यवस्थाले स्रोतमै करकट्टी गर्नुपर्ने कर कानुनको प्रावधानको उल्लघन नहुने पनि उनले बताए । ‘स्रोतमै करकट्टी गर्ने भन्ने त हो तर, कर कटाएर भुक्तानी लिने फर्म वा व्यक्तिलाई पनि मैले तिरेको रकम कर कार्यालयमा जम्मा भयो कि भएन भनेर जिम्मेवार हुनुपर्छ भनेर कानुनमा भनिएको छ, त्यसैले दुबै पक्षलाई जिम्मेवार बनाउन खोजिएको हो,’ निर्देशक प्याकुरेलले भने ।
उनले यो नयाँ व्यवस्था चालु आर्थिक वर्षदेखि नै व्यापारिक कारोबारहरुमा लागू गरिएको जानकारी दिए । तर, आफ्ना कामदार, कर्मचारीहरुलाई गरिएको भुक्तानीको हकमा भने यस्तो व्यवस्था अझै पनि लागू भएको आन्तरिक राजश्व विभागले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।