logo

आन्तरिक राजस्व विभागको नयाँ व्यवस्था : स्रोतमा कर कट्टीः कटाइएको रकम करदाताको नाममा इटीडीएस नभए तिरेको नमानिने

    3808   पटक पढिएको

१५ मंसिर /अर्थ र व्यापार – आन्तरिक राजस्व विभागले आफ्नो नयाँ व्यवस्थाबारे करदातालाई जानकारि गराउँदै अब स्रोतमै करकट्टी गर्नुपर्ने व्यवस्थामा विपरित जसको नाममा कर कटाइएको हो, सो करदाताको खातामा इटीडीएस गरेकै हुनुपर्ने व्यवस्था लागू भएको बताएको छ ।
यसअघि भुक्तानी दिने व्यक्ति वा फर्मले भुक्तानी दिदा लाग्ने कर कटाएर भुक्तानी दिनुपर्ने व्यवस्था थियो । तर, विभागले चालु आर्थिक वर्ष २०७८/ ७९ देखि भुक्तानी गर्नेले मात्रै नभई भुक्तानी प्राप्त गर्ने करदाताको प्यानमा इटीडीएस भएकै हुनुपर्ने नियम लागू गरेको जनाएको छ । 
विभागका निर्देशक राजुप्रसाद प्याकुरेलले भुक्तानीको बेलामा स्रोतमै कर कट्टी भएको विवरण प्राप्त हुने तर कर कटाइएको करदाताको खातामा इटीडीएस नहुने क्रम बढेपछि इटीडीएस भएको भेरिफाई हुनुपर्ने व्यवस्था लागू गरिएको जानकारी दिए ।
‘कुनै व्यक्ति वा फर्मले अर्काे व्यक्ति वा फर्मलाई १५ प्रतिशत कर कटाएर भुक्तानी दिएको रहेछ भने भुक्तानी पाउने फर्म वा व्यक्तिको खातामा सो कर रकम इटीडीएस भएको देखिनु पर्छ, यसअघि भुक्तानी दिने फर्म वा व्यक्तिले करकट्टी गरेर जम्मा गरिदिएको प्रमाण पेश गरे हुने व्यवस्था थियो,’ निर्देशक प्याकुरेलले भने ।
नयाँ व्यवस्थाले स्रोतमै करकट्टी गर्नुपर्ने कर कानुनको प्रावधानको उल्लघन नहुने पनि उनले बताए । ‘स्रोतमै करकट्टी गर्ने भन्ने त हो तर, कर कटाएर भुक्तानी लिने फर्म वा व्यक्तिलाई पनि मैले तिरेको रकम कर कार्यालयमा जम्मा भयो कि भएन भनेर जिम्मेवार हुनुपर्छ भनेर कानुनमा भनिएको छ, त्यसैले दुबै पक्षलाई जिम्मेवार बनाउन खोजिएको हो,’ निर्देशक प्याकुरेलले भने ।
उनले यो नयाँ व्यवस्था चालु आर्थिक वर्षदेखि नै व्यापारिक कारोबारहरुमा लागू गरिएको जानकारी दिए । तर, आफ्ना कामदार, कर्मचारीहरुलाई गरिएको भुक्तानीको हकमा भने यस्तो व्यवस्था अझै पनि लागू भएको आन्तरिक राजश्व विभागले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।