logo

सबैभन्दा बढी कर बुझाउने करदाताहरु सम्मानित, व्यक्तिमा राणा र संस्थामा टेलिकमले धेरै बुझाए 

    1071   पटक पढिएको

१ मंसिर / अर्थ र व्यापार –  आन्तरिक राजश्व विभागले विभिन्न १५ विधामा मुलुकलाई बढी कर तिर्ने करदाताहरुलाई सम्मानित गरेको छ ।  दशौँ राष्ट्रिय कर दिवसको अवसरमा बुधबार अर्थमन्त्री जनार्दन शर्माले यसरी सम्मानित हुने करदाताहरुलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् । 
एकवर्षको अवधीमा सबैभन्दा बढी कर तिर्ने र सम्मानित हुने संस्थामा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) रहेको छ । यसैगरि, व्यक्तिगत रुपमा मुलुकलाई सवैभन्दा धेरै कर बुझाएर उत्कृष्ट्र करदाता बन्न सफल व्यवसायी सिद्धार्थ शम्सेर जंबहादुर राणा हुन् । 
सिद्धार्थ शम्सेर जबरा सिप्रदी ट्रेडिङका अध्यक्ष तथा सूर्य नेपाल प्रालिका निर्देशक हुन् । राणा आन्तरिक विभागबाट यसरी लगातार सातौँपटकसम्म सम्मानित भएका हुन् । 
अघिल्लो वर्ष भने व्यक्ति गततर्फ जावलाखेल ड्रिष्टीलरी ग्रुपका अध्यक्ष विजय शाहले यो सम्मान पाएका थिए । सरकारकार यसरी सम्मानित हुने अन्य कम्पनीहरुमा डावर नेपाल प्रालि, एशियन पेन्टस् नेपाल प्रालि, पूर्वाञ्चल एग्रीगेट प्रालि, छिमेक लघुवित्त वित्तीय संस्था, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी रहेका छन । 
यसैगरि, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, भाटभटेनी सुपरमार्केटद एण्ड डिपार्टमेण्टल स्टोर, कर्जा सूचना केन्द्र कम्पनी लिमिटेड, हिमाल पावर लिमिटेड, सूर्य नेपाल प्रालि र घोराही सिमेन्ट इण्डष्ट्री कम्पनीहरु लगायत सम्मानित भएका हुन् । 
बुधबार राजधानीमा आयोजित उत्कृष्ट्र करदाताहरुको सम्मान कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी, राजश्व सचिव कृष्णहरि पुष्कर, आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेल लगायतको सहभागिता रहेको थियो । यसरी सम्मानित भएका उत्कृष्ट करदाताहरुले बुझाएको कर रकम भने विभागले अहिलेसम्म सार्वजनिक गरेको छैन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।