logo

सबैभन्दा बढी कर बुझाउने करदाताहरु सम्मानित, व्यक्तिमा राणा र संस्थामा टेलिकमले धेरै बुझाए 

    1322   पटक पढिएको

१ मंसिर / अर्थ र व्यापार –  आन्तरिक राजश्व विभागले विभिन्न १५ विधामा मुलुकलाई बढी कर तिर्ने करदाताहरुलाई सम्मानित गरेको छ ।  दशौँ राष्ट्रिय कर दिवसको अवसरमा बुधबार अर्थमन्त्री जनार्दन शर्माले यसरी सम्मानित हुने करदाताहरुलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् । 
एकवर्षको अवधीमा सबैभन्दा बढी कर तिर्ने र सम्मानित हुने संस्थामा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) रहेको छ । यसैगरि, व्यक्तिगत रुपमा मुलुकलाई सवैभन्दा धेरै कर बुझाएर उत्कृष्ट्र करदाता बन्न सफल व्यवसायी सिद्धार्थ शम्सेर जंबहादुर राणा हुन् । 
सिद्धार्थ शम्सेर जबरा सिप्रदी ट्रेडिङका अध्यक्ष तथा सूर्य नेपाल प्रालिका निर्देशक हुन् । राणा आन्तरिक विभागबाट यसरी लगातार सातौँपटकसम्म सम्मानित भएका हुन् । 
अघिल्लो वर्ष भने व्यक्ति गततर्फ जावलाखेल ड्रिष्टीलरी ग्रुपका अध्यक्ष विजय शाहले यो सम्मान पाएका थिए । सरकारकार यसरी सम्मानित हुने अन्य कम्पनीहरुमा डावर नेपाल प्रालि, एशियन पेन्टस् नेपाल प्रालि, पूर्वाञ्चल एग्रीगेट प्रालि, छिमेक लघुवित्त वित्तीय संस्था, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी रहेका छन । 
यसैगरि, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, भाटभटेनी सुपरमार्केटद एण्ड डिपार्टमेण्टल स्टोर, कर्जा सूचना केन्द्र कम्पनी लिमिटेड, हिमाल पावर लिमिटेड, सूर्य नेपाल प्रालि र घोराही सिमेन्ट इण्डष्ट्री कम्पनीहरु लगायत सम्मानित भएका हुन् । 
बुधबार राजधानीमा आयोजित उत्कृष्ट्र करदाताहरुको सम्मान कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी, राजश्व सचिव कृष्णहरि पुष्कर, आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेल लगायतको सहभागिता रहेको थियो । यसरी सम्मानित भएका उत्कृष्ट करदाताहरुले बुझाएको कर रकम भने विभागले अहिलेसम्म सार्वजनिक गरेको छैन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।