१५ ज्येष्ठ / अर्थ र व्यापार- आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारले सरकारी कर्मचारीहरुलाई १० दिन भ्रमण बिदा दिने घोषणा गरेको छ । अथमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०७८/ ७९ को बजेटमार्फत् सो घोषणा गरेका हुन ।
बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारले ‘पर्यटन काज’ को यो नीति ल्याएको बताए । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकम सहित पर्यटन काज उपलब्ध गराइने बजेटमा उल्लेख छ । उनले निजी क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गरिने बताए ।
तपाईको प्रतिक्रिया