logo

टानको निर्वाचन सोमबार ,अध्यक्षका प्रत्यासी पाण्डे र सापकोटा समूहले गराए उम्मेदवारी दर्ता

    727   पटक पढिएको

१४ भदौ/अर्थ र व्यापार – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी सोमबार १७ भदौमा हुने निर्वाचनका लागि अध्यक्षमा पर्यटन व्यवसायी सागर पाण्डे र राजेन्दप्रसाद सापकोटाको भिन्दाभिन्दै समूहले उम्मेदवारी दर्ता गराएका छन् ।
टानको निर्वाचन कार्यतालिका अनुसार बिहीबार साँझ ५ बजेसम्म काठमाडौंको मालीगाउँस्थित टान सचिवालय भवनमा पुगेर अध्यक्षका प्रत्यासी उम्मेदवार पाण्डे र सापकोटाको भिन्दाभिन्दै समूहले मनोनयन दर्ता गराएका हुन् ।
टान अध्यक्षका प्रत्यासी उम्मेदवार पाण्डेको समूह माओवादी एवं नेपाली कांग्रेस–एमाले असन्तुष्ट पक्षका तर्फबाट र अध्यक्षका अर्का प्रत्यासी उम्मेदवार सापकोटा समूह नेपाली कांग्रेस–एमालेको संयुक्त गठबन्धनका तर्फबाट चुनावी मैदानमा उत्रिएका हुन् ।
यसअघि टानको महासचिवको जिम्मेवारी पुरा गरि टानको गरिमालाई थप उचाइमा पुराउने लक्ष्यकासाथ चुनावी मैदानमा उत्रिएका व्यवसायी पाण्डेको समूहबाट बरिष्ठ उपाध्यक्षमा चोलेन्द्र कार्की, प्रथम उपाध्यक्षमा दावा लामा तामाङ, द्वितीय उपाध्यक्षमा निशेषा थापा, महासचिवमा सोनाम ग्याल्जेन शेर्पाको उम्मेदवारी परेको छ ।
यसैगरी, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेश न्यौपाने, सहकोषाध्यक्षमा डम्बरबहादुर अधिकारीको उम्मेदवारी परेको टान निर्वाचन समितिले जनाएको छ । यसैगरी, कार्यसमिति महिला सदस्यमा सृष्टि भण्डारीको उम्मेदवारी परेको छ ।
त्यसैगरी, खुलातर्फबाट कार्यसमिति सदस्यमा पाण्डेको समूहबाट खुलातर्फबाट कार्यसमिति सदस्यहरूमा अम्बिरबहादुर गुरुङ, माधवकुमार धमला, विनोदकुमार तामाङ, मेरे कार्की, होमबहादुर विश्वकर्मा, उत्सव ढकाल र पर्म छिरिङ ल्होमी (भोटे) को उम्मेदवारी परेको छ ।
अध्यक्षका अर्का प्रत्यासी उम्मेदवार सापकोटा समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा, महासचिवमा राजेन्द्रप्रसाद सुवेदीको उम्मेदवारी परेको छ । यसैगरी, सचिवमा रिन्जी शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले, सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पाको उम्मेदवारी परेको टान निर्वाचन समितिले जनाएको छ । यसैगरी, कार्यसमिति महिला सदस्यमा पवित्रा तामाङको उम्मेदवारी परेको छ ।
त्यसैगरी, खुलातर्फबाट कार्यसमिति सदस्यमा सापकोटा समूहबाट सागर राई, सुमन अर्याल, राजु गुरुङ, दिनेश तिम्सिना, विश्व दाहाल, भुवनबहादुर खड्का, दावा ग्याल्जेन शेर्पा र छप्ते लामाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी, टान सचिवालयका लागि दुई जनाको उम्मेदवारी परेको टान निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षका प्रत्याशी पाण्डेले पर्वतीय पदयात्रा व्यवसायमा क्रियाशील व्यवसायी र मजदुरलाई प्रत्यक्ष फाइदा पुग्ने गरी ‘बृहत् टान अक्षयकोष’ निर्माण आफ्नो प्राथमिकता रहेको बताएका छन । उनले पछिल्लो समय स्थानीय तहले जथाभाबी रूपमा मोटर बाटो खन्दा पदमार्गहरू मासिँदै गएकाले त्यसको संरक्षणका लागि आफूले काम गर्ने एजेन्डा अघि सारेका छन् । यसैगरी, उनले पदयात्रा व्यवसायमा लगाइएको भ्याट समसामयिक नभएको भन्दै त्यसको पुनरावलोकनमा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
त्यसैगरी, सापकोटाको समूहले २० बुँदे चुनावी घोषणापत्रसहित आफ्ना विभिन्न एजेन्डा अघि सारेका छन । सापकोटाले पदमार्ग संरक्षण, त्यससम्बन्धी नीतिगत सुधार आफ्नो प्रमुख प्राथमिकता रहेको बताए ।
‘पदयात्रा व्यवसाय विकासको दीर्घकालीन सोचसहित नीतिगत सुधार पहिलो प्राथमिकता हुनेछ’, उनले भने, ‘पदमार्ग नै नभए व्यवसाय संकटमा पुग्ने खतरा छ, विकासका नाममा मासिँदै गएका पदमार्गको संरक्षणमा कटिबद्ध भएको लाग्नेछु ।’ आर्थिक समृद्धिको मुख्य आधार मानिएको पर्यटन क्षेत्रको महत्त्वपूर्ण पाटो साहसिक पर्यटनलाई पाठ्यक्रममा समावेश गराएर यसको प्रभावकारी प्रवर्द्धनका लागी आफूले पहल गर्ने उनको चुनावी एजेन्डा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।