logo

निगमका पाइलट विजय लामा र भावना पन्त ग्राउण्डेड, संवेदनशील क्षेत्रमा फोटो र भिडियो अन्तर्वार्ता दिएकाले प्राधिकरणको कारबाहीमा

    836   पटक पढिएको


२२ जेठ/अर्थ र व्यापार – नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको निषेधित क्षेत्रमा फोटो र भिडियो अन्तर्वार्ता दिएको भन्दै नेपाल वायुसेवा निगमका दुई पाइलटलाई कारवाही गरेको छ।
प्राधिकरणले निगमका वरिष्ठ पाइलट विजय लामा र भावना पन्तलाई ग्राउण्डेड गर्दै अध्ययन समिति समेत गठन गरेको छ । प्राधिकरणका प्रवक्ता हशंराज पाण्डेले निगमका दुबै पाइलटले फोटो खिच्ने र भिडियो अन्तर्वार्ता दिएका कारण उडानमा प्रतिवन्ध लगाएको जानकारी दिए।
लामाले विमानस्थल परिसरमा निगमको विमानसहितको फोटो खिचेर फेसबुकमा हालेका छन् भने पन्तले एक टेलिभिजन च्यानलसँग विमानस्थलको अति संवेदनशील क्षेत्रमा अन्तर्वार्ता दिएकी छिन्।
प्राधिकरणका प्रवक्ता पाण्डेका अनुसार दुबै पाइलटसँग स्पष्टीकरण सोधेर थप कारवाही अगाडि बढाइनेछ। क्याप्टेन लामा एयरबस–३३०का पाइलट हुन् भने क्याप्टेन पन्त एयरबस–३२० का पाइलट हुन्।
क्याप्टेन लामा ग्राउण्डेड भएसँगै नेपाल वायुसेवा निगमको लङ हल रुट अन्तर्गत जापान, हङकङ लगायत उडान प्रभावित हुने प्राविधिकका प्रवक्ता देवेन्द्र पुनले जानकारी दिए।
निगममा वाइडबडी विमानका लागि कुल आठजना क्याप्टेन र पाँच कोपाइलट छन्। त्यसमा पनि तीन जना वरिष्ठ क्याप्टेन ग्राउण्डेड भइसकेका कारण वाइडबडी उडानमा पाइलट अभाव भएको उनले बताए।
‘न्यारोबडी विमान उडान व्यवस्थापन गर्न सकिन्छ तर, वाइडबडी उडानमा यसैपनि पाइलट अभाव थियो । कारवाही अवधिभर उडान प्रभावित हुने देखिन्छ,’प्रवक्ता पुनले भने,’फ्लाइङ आवरले उडानमा असर पर्ने देखिएको छ।’
निगमको वाइडबडी विमानका क्याप्टेन सुवास रिजाल स्वास्थ्यका कारण ग्राउण्डेड छन् भने क्याप्टेन श्रवण रिजाल वाइडबडी खरिद प्रकरणमा मुद्दा दायरका कारण दुई महिनादेखि ग्राउण्डेड छन्।
यसैगरी, क्याप्टेन योगेश हिराचनले ३ महिना अगाडि नै निगमबाट विदा लिइसकेका छन्। एक जना पाइलटले मासिक सय घण्टा मात्र उडान गर्न पाउने मापदण्डका कारण वाइडबडी जहाज उडान व्यवस्थापन कठिन बनेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।