logo

आरोही कामीरिताले तोडे आफ्नै कीर्तिमान, २९औं पटक सगरमाथा शिखरमा

    439   पटक पढिएको

३० वैशाख/अर्थ र व्यापार – विश्वको सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरेर विश्वकीर्तिमान बनाएका आरोही कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।
उनले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखर चुमेको सेभन समिट प्रालिले जनाएको छ । योसँगै ५४ वर्षीय कामीरिताले यसअघिको आफ्नै कीर्तिमान तोड्नै पुनः नयाँ कीर्तिमान बनाएका छन् ।
‘व्यक्तिगत रुपमा सगरमाथाको सबैभन्दा धेरै सफल आरोहण गर्नेमा उनी सफल भएका छन्, सेभेन समिटले भनेको छ । सोलुखुम्बुको थामेका कीर्तिमानी आरोही शेर्पाले १९९२ देखि हिमाल आरोहण सुरु गरेका थिए । यसअघि उनले ८ हजार मिटर अग्ला केटू, चोयु, ल्होत्से, मनास्लु हिमालको पनि सफल आरोहण गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।