logo

पर्यटक आगमन संख्या बढ्यो, एक महिनामै भित्रिए १ लाख २८ हजार पर्यटक

    736   पटक पढिएको


१९ चैत/अर्थ र व्यापार – एक महिनामामै १ लाख २८ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२४ मा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएका हुन् । पर्यटन बोर्डले अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको तथ्यांकलाई आधार मानेर पर्यटक आगमन संख्याबारे जानकारी गराएको हो ।

बोर्डका अनुसार समिक्षा अवधीमा छिमेकी मुलुक चिनियाँ पर्यटक आगमन संख्या बढ्न थालेको र भारतीयको आगमन यथावत रहेपनि पर्यटक आगमन उत्साहजनक देखिएको छ ।
सन् २०२३ को मार्चमा जम्मा ९९ हजार ४ सय २६ पर्यटक नेपाल आएका थिए । यस वर्ष गत वर्षको तुलनामा २८ दशमलब ९ प्रतिशतले पर्यटक आगमन बढेको हो । नेपालमा पर्यटकीय याम फेब्रुअरीबाट सुरु हुन्छ । मार्च र अप्रिलमा बढ्छ । त्यसपछि वर्षायाम सुरु हुन्छ । त्यसपछि भने आगमन केही कम हुने गर्छ ।

बोर्डका अनुसार भारतबाट यो मार्चमा ३० हजार ६ सय ९८ जना पर्यटक नेपाल आएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा १८ दशमलब ५ प्रतिशतले धेरै हो ।
समिक्षा अवधीमा चिनियाँ आगमन संख्या बढेर १२ हजार ९२ पुगेको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ३ सय ५८ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष जम्मा २ हजार ६ सय ३५ जना चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए ।

यो अवधीमा तेस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट १० हजार ७ सय ६३ जना आएका छन् । बेलायतबाट ७ हजार २ सय ४१ आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
श्रीलंकाबाट ५ हजार ७ सय ४१, जर्मनी ५ हजार २ सय ५५, थाइल्यान्डबाट ४ हजार ५ सय ६७, अस्ट्रेलिया ३ हजार २ सय ४० र म्यानमारबाट ३ हजार ३१ पर्यटक नेपाल आएका छन् ।
यस वर्ष फेब्रुअरीमा ९७ हजार ४ सय २६ र जनवरीमा ७९ हजार १ सय पर्यटक आएका छन् । यसअनुसार तीन महिनामा पर्यटक आगमन ३ लाख ४ हजार ६ सय ९३ पर्यटक आएका छन् । यस अनुसार औसतः मासिक १ लाख भन्दा बढी पर्यटक नेपाल भित्रिएको देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।