logo

पर्यटक आगमन संख्या बढ्यो, एक महिनामै भित्रिए १ लाख २८ हजार पर्यटक

    1066   पटक पढिएको


१९ चैत/अर्थ र व्यापार – एक महिनामामै १ लाख २८ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२४ मा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएका हुन् । पर्यटन बोर्डले अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको तथ्यांकलाई आधार मानेर पर्यटक आगमन संख्याबारे जानकारी गराएको हो ।

बोर्डका अनुसार समिक्षा अवधीमा छिमेकी मुलुक चिनियाँ पर्यटक आगमन संख्या बढ्न थालेको र भारतीयको आगमन यथावत रहेपनि पर्यटक आगमन उत्साहजनक देखिएको छ ।
सन् २०२३ को मार्चमा जम्मा ९९ हजार ४ सय २६ पर्यटक नेपाल आएका थिए । यस वर्ष गत वर्षको तुलनामा २८ दशमलब ९ प्रतिशतले पर्यटक आगमन बढेको हो । नेपालमा पर्यटकीय याम फेब्रुअरीबाट सुरु हुन्छ । मार्च र अप्रिलमा बढ्छ । त्यसपछि वर्षायाम सुरु हुन्छ । त्यसपछि भने आगमन केही कम हुने गर्छ ।

बोर्डका अनुसार भारतबाट यो मार्चमा ३० हजार ६ सय ९८ जना पर्यटक नेपाल आएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा १८ दशमलब ५ प्रतिशतले धेरै हो ।
समिक्षा अवधीमा चिनियाँ आगमन संख्या बढेर १२ हजार ९२ पुगेको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ३ सय ५८ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष जम्मा २ हजार ६ सय ३५ जना चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए ।

यो अवधीमा तेस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट १० हजार ७ सय ६३ जना आएका छन् । बेलायतबाट ७ हजार २ सय ४१ आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
श्रीलंकाबाट ५ हजार ७ सय ४१, जर्मनी ५ हजार २ सय ५५, थाइल्यान्डबाट ४ हजार ५ सय ६७, अस्ट्रेलिया ३ हजार २ सय ४० र म्यानमारबाट ३ हजार ३१ पर्यटक नेपाल आएका छन् ।
यस वर्ष फेब्रुअरीमा ९७ हजार ४ सय २६ र जनवरीमा ७९ हजार १ सय पर्यटक आएका छन् । यसअनुसार तीन महिनामा पर्यटक आगमन ३ लाख ४ हजार ६ सय ९३ पर्यटक आएका छन् । यस अनुसार औसतः मासिक १ लाख भन्दा बढी पर्यटक नेपाल भित्रिएको देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।